परिवर्तन गाउँपालिकाको राङ्सीमा १२ ओटा टोल विकास संस्था गठन

मालश्री अन्लाइन, २९ भाद्र । परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीमा टोल विकास संस्थाको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ का वडा अध्यक्ष हरि प्रसाद बुढामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा सचीव रेग बहादुर डाँगीले गर्नुभएको हो ।

वडामा १२ ओटा टोल विकास संस्था गठन भएका छन् । टोल विकास संस्थाको अभिमुखीकरण कार्यक्रममा १२ ओटा संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । वडाले पुरानो संरचनालाई भंग गरेर नयाँ टोल विकास संस्था बनाएको छ ।

साथै टोल विकास संस्था स्थापना गर्नको लागि परिवर्तन गाउँकार्यपालिकाले समेत पारित गरिसकेको परिवर्तन गाउँपालिका प्रवक्ता हरि प्रसाद बुढाले बताउनु भयो । टोल विकास संस्थाका पदाधिकारीहरुलाई संस्था प्रतिको काम, कर्तव्य र अधिकारसम्बन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

 

123 total views, 16 views today