रोल्पामा भाइल ज्वरोका विरामी बढे, बालबालीका वढि प्रभावित

मालश्री अन्लाइन, २५ भाद्र । केही दिनयता रोल्पामा भाइरल ज्वरोका विरामी बढेका छन् । जिल्ला अस्पताल रोल्पामा दैनिक सय जनासम्म भाईरल ज्वरोका विरामी आउने गरेको चिकित्सकहरु बताउँछन् । जिल्ला अस्पतालमा दैनिक दुई सय जना स्वास्थ्य जाँचका लागि आउँदा आधा जसो भाईरल ज्वरोका विरामी छन् । सामान्यतय ज्वरो एक हप्तामा ठिक हुनुपर्ने भएपनि बालबालिकालाई निको हुन समय लागेपछि अस्पतालमै भर्ना गर्नुपर्ने स्थिति छ ।
विरामीहरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, बान्ता र पखाला लाग्ने, जिउ जोर्नि दुख्ने, घाटि दुख्ने, खोकि लाग्ने, नाक बाट पानी बग्ने वा बन्द हुने जस्ता लक्षणहरु देखिएको रोल्पा अस्पताल रेउघाका मेडिकल अधिकृत डा. आधार वलीले बताउनु भयो ।
भाईरल ज्वरो पनि एकअर्कामा सर्ने भएकाले साबधानी अपनाउन चिकित्सहरुको सुझाब छ । भाईरल ज्वरो र कोरोनाको लक्षण मिल्दोजुल्दो हुने भएकाले ज्वरो आएको खण्डमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि चिकित्सकहरु सुझाउँछन् ।
                 रिर्पोट

137 total views, 1 views today