जिल्ला प्रहरी कार्यालय रोल्पाको सर्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

मालश्री अन्लाइन, १ असाेज । जिल्ला प्रहरी कार्यालय रोल्पाको सार्वजनीक सुनुवाइ कार्यक्रम सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डि.एस.पि. नरेश सुबेदिको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा रहनु भएको थियो भने बिशिष्ट अतिथिमा रोल्पा नगरपालीकाकि उपमेयर मन कुमारी घर्ति र प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा रहनु भएकोे थियो ।

सार्बजनिक सुनुवाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डि.एस.पि. नरेश सुबेदिले जिल्ला प्रहरी कार्यालय रोल्पा बाट भए गरेका कार्य र सेवा प्रबाहको बारेमा जानकारी गराउनु भएको हो ।जिल्लामा पछिल्लो समय आत्महत्या, बालबिबाह, लागु पदार्थ ओसार पसार, सम्बन्ध बिच्छेद लगाएतका घट्ना डर लाग्दो अबस्थामा बढ्दै गएको हुदा यस्ता घट्नालाई न्युनिकरण गर्न प्रहरीले मात्रै नसक्ने भएको हुदा यसलाई न्युनिकरण गर्नको लागी सरोकार वाला सबैलाइ आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपा माओबादि केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र घर्ति, नेपाली कांग्रेस रोल्पाकि पार्टी प्रबता कबिता उपाध्याय, राप्रपा रोल्पाका सल्लाहकार गोबिन्द बलामि, एकिकृत समाजबादी पर्टीका प्रतिनिधि टंक बुढा मगर, राष्ट्रिय जनमोर्चा रोल्पाका सल्लाहकार केबि थापा, रोल्पा अस्पताल रेउघाका डाक्टर प्रकाश बुढा मगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, निमार्ण ब्याबसायि रोल्पाका अध्यक्ष मान बहादुर खत्री, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका उपाध्यक्ष केशब आचार्य, होटल ब्याबसायी रोल्पाका अध्यक्ष गन बहादुर घर्ति मगर लगाएको आतिथ्यता रहेको थियो । सार्बजनिक कार्यक्रममा सहभागिहरुले रोल्पा जिल्लामा चुनौतिको रुपमा रहेको आत्महत्या, बालबिबाह, लागु पदार्थ दुरब्यसन ओसार पसार, सम्बन्ध बिच्छेद, लागु बिकास निमार्ण, कार्यालय बाट हुने सेवा प्रबाह, यातायात क्षेत्रमा भएको ब्यथिति लगाएतका बिषयमा छलफल गरीएको थियो ।

सार्बजनिक सुनुवाईमा बोल्ने अधिकांस व्यक्तीले जिल्लामा पछिल्लो सयय आत्महत्या, बालबिबाह, लागु पदार्थ दुरब्यसन, ओसार पसार, सम्बन्ध बिच्छेद लगाएतका समस्या जरजर अबस्थामा रहेको हुदा यसलाई न्युनिकरण गर्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । सार्वजनिक कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता पहरी निरीक्षक सन्तोष केसिले गर्नु भएको थियो ।

 

290 total views, 1 views today