बाल संरक्षण निती निमार्ण सम्बन्धि कार्यशाला गोष्ठिको सुलिचौरमा सम्पन्न

मालश्री अन्लाइन, १ असाेज । बाल संरक्षण निती निमार्ण सम्बन्धि कार्यशाला गोष्ठि सुलिचौरमा सम्पन्न भएको छ । सुनिलस्मृति गाउँपालिका रोल्पाको आयोजना तथा साहस नेपाल र हुरेक नेपाल रोल्पाको समन्वयमा सुक्रबार उक्त गोष्ठि सम्पन्न भएको हो ।

सुनिलस्मृति गाउँपालिकाले विगतका वर्षहरुमा बार्षिक कार्यक्रमको माध्यम बाट बालबालिकाहरुको कार्यक्रम गर्दै आएको त्यसलाई थप प्रभावकारी गर्न नितीको आवश्यक परेकाले बाल संरक्षण निति निमार्ण गरेको हो । पहिलो चरणको कार्यशाला गोष्ठि गरि सहजकर्ता पार्वता आर्चायलाई नितीको खाका निमार्ण गर्न जिम्मा दिएको थियो । निमार्ण भएको नितिको अन्तिम खाकाको सुक्रबार समिक्षा कार्यपालिकामा पेस गरिएको छ । सो कार्यशाला गोष्ठिमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बालबालिकाहरुको हरेक पक्षको विकासको लागि बाल संरक्षण निति बनाएको बताउदै निती मात्र बनाउने ठुलो नभै कार्यन्वय गर्नु महत्वपूर्ण भएकोले सबैले कडाइका साथ कार्यन्वय गर्न अनुरोध गर्नु भएको थियो ।

त्यस्तै कार्यशाला गोष्ठिमा सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले हामी सबै जना बालबालिका भएर नै यहा सम्म आएको बताउदै बालबालिकाहरुको विषयमा आफुले गम्भिर भएर सोच्ने गरेको बताउदै बालबालिको इच्छा चाहना यका तिर हुने र हामीले अर्को तिर सोच्ने गर्नाले अभिभावक र बाललबालिका विच दुरी बढेको बताउनु भयो । गोष्ठिमा सम्पूर्ण वडा अध्यक्षको तर्फ बाट बोल्दै सुनिलस्मृति गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केशवलाल कवरले पालिको निर्देशन अनुसार वडालेहरुले कार्यक्रम गर्दै आएको बताउदै निती बनाउने मात्र नर्भइ त्यसको कार्यन्वयन लाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा ज्योति प्रकाश मा.विका प्र.अ कमलराज भटटराई ,चन्द्र प्रभा मा.विका विद्ययार्थी नम्रता विष्ट, सूर्यदय मा.वि का विद्ययार्थी सुदन विकले बालबालिकाहरुको सहभागितामा निर्माण गर्न लागिएको बाल संरक्षण निति प्रभावकारी हुने बताउदै सहभागि हुन पाएकोमा धेरै खुसि भएको बाएका थिय । सुनिलस्मृति गाउँपालिका का अध्यक्ष गुणेद्र घर्तीको अध्यक्षतामा गरिएको गोष्ठिको संचालन महिला तथा बालालिका शाखा प्रमुख भगवती बुढाले गर्नु भएको थियो । गोष्ठिमा जनप्रतिनिधि, बालअधिकार कर्मि, बालबालिका, शिक्षक गरि ३५ जनाको सहभागिता रहेको थियो ।

 

218 total views, 3 views today