कोभिढ १९ प्रभावित व्यक्तिहरुको आर्थिक पुर्नलाभ सहयोग कार्यक्रम सम्पन्न

मालश्री अन्लाइन, २  असाेज । कोभिढ १९ प्रभावित व्यक्तिहरुको आर्थिक पुर्नलाभ सहयोग कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलीयन सरकारको आर्थिक सहयोग आड्रा र ग्रामिण विकास तथा चेतना समाज रुडास नेपालको साझेदारीमा यहि भाद्र ३१ गते देखि लिबाङमा सुरु भएको परियोजना प्रारम्भ कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको हो ।

कोभिड १९ वाट प्रभावित संकटासन्न व्यक्तिहरुको आर्थिक उत्थानसिलता प्रबर्धनएभ्च्ऋब्ख् परियोजनाको कर्मचारीहरुको लागी परियोजनाको उद्देष्य र कार्य सञ्चालन विधिको विषयमा आड्राका एक्टिङ टिम लिडर कविर रत्न स्थापित र कार्यक्रम संयोजक डा.अनिल चन्द्र न्यौपानेले जाननकारी गराउनु भएको थियो । कार्यक्रममा फिडो नेपाल प्यूठान र रुडास नेपाल रोल्पाका गोल परियोजना र एभ्च्ऋब्ख् परियोजनाका कर्मचारी दुवै संस्थाका अध्यक्ष लगायत २३ जनाको उपस्थित रहेको थियो । यो कार्यक्रम रोल्पाको सुनिल स्मृति गाउपालिका र रुन्टिगढी गाउपालिकामा सन २०२३ सम्म संञ्चालनमा हुने जिल्ला संयोजक विनोद रिजालले बताउनु भयो ।

योकार्यक्रमले कृषि र गैर कृषि उद्यमहरु स्तर उन्नती गर्न सहभागीलाई सीप र प्राविधक सहयोग गर्ने, समुदाय र स्थानीय सरकारहरुलाई न्भ्म्क्क्ष् र न्द्यख् सम्वन्धित मुद्धाहरुलाई सम्वोधन गर्न सहयोग गर्ने र आर्थिक पुनर्लाभ योजना र कोभिड १९ पूर्व तयारी प्रतिकार्य तथा आर्थिक पूनस्थापन योजनाको तयारी गर्न स्थानीय तहहरुलाई सहयोग तथा सहकार्य यी ३ वटा क्षेत्रमा रहेर काम गर्ने जनाएको छ ।

 

259 total views, 1 views today