परिवर्तन गाउँपालिकाकै सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न,“स्थानीयहरु खुशी

मालश्री अन्लाइन, २  असाेज । रोल्पाको परिवर्तन गाउँपालिकाकै सबैभन्दा ठूलो खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको छ । पानीको मुहान देखि करिब १२ सय मिटर माथि पम्पिङ सिस्टम मार्फत बस्तीमा खाने पानी लगिएको थियो ।

रोल्पाको परिवर्तन गाउँपालिका ४ पाछाबाङको साबिकको ८ र९ वडा तथा अहिलेको तातोपानी जरेनी टोलमा भेरी लाग्ने जरेनी तातोपानी सोलार पम्पिङ खानेपानी तथा सरसफाइ आयोजना काम सकिएको उपभोक्ता समितिले बताएको छ । यसरी पानीको धारा घर घरमा पुगेपछि स्थानीयहरु हर्षित भएका छन्। पहिले डेढ घण्टा हिडेर पानी बोक्ने समस्या रहेको थियोे । पानीको कारण पशुचौपाय मरेको इतिहास रहेको र पानीकै कारण गिद्दह समेत मरेकोले गिद्दह मारे नाम समेत रहेको स्थानियले बताएका छन् । जब खडेरीको समय सुरुहुन्छ तब पानीको चर्म अभाव भोग्ने गरेको स्थानिय मन बहादुर विष्टले बताउनु भयो । गाउँमा पानी नहुदा डेढ घन्टाको बाटो हिडेर कुवाको पानी ल्याउने गरेको विष्टको भनाई छ । मानिसले पिउने शौचालयमा प्रयोग गर्ने,पशुचौपायलाई खुवाउन समेत मुस्किल हुने गरेको विष्टले बताउनु भयो ।अर्को स्थानीयको पनि उस्तै गुनासो छ,“जब खडेरीको महिना आउछ फागुन,चैत,बैशाख र जेठ लगाएतको महिना पानीको चर्म अभाव भोगेको स्थानीय अन बहादुर बिष्टले बताउनु भयो । “पानीको समस्याले पशुचौपाय मरेको समेत बताउँनु भयो । अहिले यसरी घरमा पानी आएको देख्दा आफु खुशी भएको विष्टले बताउनु भयो ।।अहिले बस्तीमा पानीको धारा घर घरमा पुगेपछि स्थानीयहरु खुशीको अनुभुती व्यक्त गरेको अर्का स्थानिय मन बहादुर विष्टले बताउनु भयो । पानी बस्तीमा पुगेको र अब कुनै समस्या भोग्न नपर्ने विष्टको भनाई रहेको छ ।

खडेरीको समयमा पनि पानी अभाव हुदैन विष्टले भन्नु भयोे । अहिले विद्यालयमा समेत पानी पुगेको र शिक्षक विद्यार्थीहरु समेत खुशी भएको प्रधानाध्यापक चेतन कुमार के.सीले बताउनु भयो । विद्यालयमा पानीको चर्म अभाव भोग्दै आएका थियौँ । अहिले विद्यालयमा पानी पुगेपछी पिउन,शौचालयमा प्रयोग गर्न सहज भएको प्रधानाध्यापक के.सीको भनाइ रहेको छ । बर्सौ देखि पानीको अभाव भोग्दै आएको स्थानीयले बताएका थिए । २०७६ चैत महिनाको २८ गते सम्झौता भई २०७७ साउन १ गतेदेखि कामको सुरुवात भएको थियो । कामको अहिले निर्माण कार्य सम्पन्न भईस्थानियले लाभ लिइरहेको निर्माण उपभोक्ता समितीका अध्यक्ष खडक बहादुर वलीको भनाइ रहेको छ, । वलीका अनुसार निर्माण कार्य ठूलो आयोजना भएकाले केही ढिलाइ भएको बताउनु भयो । आयोजना निर्माणको लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको १५ लाख,परिवर्तन गाउँपालिकाको २५ लाख,स्वीस रेडक्रस÷नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको ६७ लाख ५७ हजार ४ सय २२ रुपियाँ,जनश्रमदान २४ लाख ३१ हजार ८ सय ८२ रुपियाँ,निजी धारा निर्माणको लागि १० लाख ७ हजार १ सय ७८ रुपियाँ,मर्मत समाहर कोषको लागि १ लाख २० हजार र समुदायको नगद १ लाख ३० हजार गरि जम्मा १ करोड ४२ लाख ९८ हजार ८ सय रुपियाँ बराबर लागतमा कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितीका सचिव चन्द्र बहादुर मल्लको भनाइ रहेको छ। स्वास्थ्य,खानेपानी,सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य नामक परियोजना मार्फत निर्माण भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डि.वी घर्तीमगरले बताउनुभयो । यसरी आयोजना निर्माण भएकोमा परिवर्तन गाउँपालिका अध्यक्ष निमकांन्त डाँगीले खुशी व्यक्त गर्दै अब त्यहाँका स्थानीयले पानीको अभाव खेप्नु नपर्ने बताए।कोरोनाको कारणले गर्दा सामान आउन केही ढिलाइ र समयमै सामाग्री उपलब्ध हुन नसक्दा काम निर्धारित समय भन्दा केही महिना पछी गएको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक श्रीधर डाँगीले बताउनु भयो ।आयोजनाबाट तातोपानी र जरेनी टोलका करिब ९६ घर र १ विद्यालय लाभान्वित भएका छन् ।

 

175 total views, 1 views today