राष्ट्रिय परिवार योजना दिवस एक कार्यक्रमका बिच रोल्पामा पनि मनाइयो ।

मालश्री अन्लाइन, २  असाेज । राष्ट्रिय परिवार योजना दिवस २०७८ रोल्पामा पनि एक कार्यक्रममा विच मनाइएको छ । कोभिड १९ को महामारी परिवार योजना सेवामा सबैको पहँुच बराबरी भन्ने राष्ट्रिय मुलनारा साथमा मनाइएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा नगरपालीकाको सयुक्त आयोजना सु— आहारा, आइ पास नेपाल,यु.एन.एफ.पिए. सिदार्थ सामाजीक बिकास केन्द्र कपिलबस्तु एन.एच.एस.एस.पि.को सहयोगमा दिबस मनाइएको हो ।

जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राज बहादु बुढाको अध्यक्षतामा र स्वास्थ्य कार्यालय रोल्पा परिवार योजना शाखा अधिकृत कुमार थापाको सहजिकरणमा उक्त दिबस मनाएको हो । दिबसको अबसरमा स्वास्थ्य कार्यालय रोल्पाका परिवार योजना शाखा अधिकृत कुमार थापाले परिवार योजनाको महत्व र प्रभाबकारीको बारेमा जानकारी दिनु भयो थियो । गत आर्थिक बर्षमा रोल्पामा ४३.८२ प्रतिशत र देश भरमा ४२.८ प्रतिशत मानिसहरले परिवार योजनाको सेवा लिएको बताउनु भयो । यो योजना प्रभाबकारी भएको समेत थापाले बताउनु भयोे । पछिल्लो समय रोल्पा जिल्ला भरमा परिवार योजना बनाउने र १० वटै पालिकाकाको सेवा लिउनेको संख्याको बारेमा समेत जानकारी दिनु भएको थियो । कतिपय ब्यक्तिले परिवार योजनाको बारेमा खुलेर योजना बनाउन नसक्दा पनि यसको लक्ष प्राप्तीमा समस्या आएको बताइएको छ । सबै मिलेर यस भ्रमलाई चिर्न सके यस कार्यक्रम थप प्रभाबकारी हुनेमा सहभागिहरुको जोड रहेको थियो । दिवसको अबसरमा पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर लगाएत रोल्पा जिल्लामा कृयासिल बिभिन्न संचार माध्यममा कार्यरत पत्रकार र जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मिहरुको समेत सहभागिता रहेको थियो ।

326 total views, 1 views today