राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अधिवेशन सम्पन्न

मालश्री अन्लाइन, १३ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अधिवेशन आज सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्विनी प्रदेशका पदेन सदस्य देव विक्रम शाहको प्रमुख अथित्यतामा नगर अधिवेसन सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला अध्यक्ष अम्मर बहादुर थापा, बिर बहादुर महरा लगायत अन्य सदस्यहरुको उपस्थीति रहेको थियो । नगर अधिवेसनबाट तिल चन्द्र अचार्यको अध्यक्षतामा ४३ सदस्यीय नगर कमिटि सर्वसम्मतले गठन गरेको छ ।

जसको महिला उपाध्यक्षमा मोती थापा रहनु भएको छ । अन्य पदाधिकारी पहिलो बैैठकले चयन गर्ने राप्रपा रोल्पाले जानकारी दिएको छ । चयन भएका नव पदाधिकारीहरुलाई जिल्ला अध्यक्ष विर वहादुर महराले सपथ गराउनु भएको थियो । राप्रपा रोल्पाको क्षेत्रिय अधिवेश यहि असोज १६ गते र जिल्ला अधिवेशन यहि असोज २० गते हुने राप्रपा रोल्पाले जनाएको छ ।

 

 

104 total views, 1 views today