नेकपा माओबादी परित्याग गरि १५ जना नेपाली काग्रेसमा प्रवेश

मालश्री अन्लाइन, १४ असाेज । नेकपा माओबादी परित्याग गरि १५ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् । रोल्पाको माडि गाउँपालीका वडा नं. ४ रीजाबाङमा विहिबार १५ जनाले नेकपा माओबादी परित्याग गरी नोपाली काग्रेसमा प्रवेश गरेको नेपाली काग्रेस माडि गाउँपालीकाले जनाएको छ ।

नेपाली काँग्रेस माडि गाउँपालीकाले कर्यकर्ता भेला गरी नव प्रवेशीहरुलाई एक कार्यक्रमका विच स्वागत गरेको थियो । पार्टी प्रवेश गर्नेहरुमा तिलकराम पुन मगर, बल बहादुर घर्ती, खर्क बहादुर घर्ती, ओमप्रकास घर्ती मगर, जसे परियार, शेर बहादुर घर्ती मगर, गणेश कुमार पुन मगर, झरना घर्ति मगर, टीका घर्ती मगर, तिला पुन मगर, मिना कुमारी घर्ती, ओमे घर्ति, धनी घर्ती मगर, गौसरा बि क, रमीता कुमारी घर्ती रहनु भएको छ । नव प्रवेशीहरुलाइ नेपाली काँग्रेस रोल्पाका जिल्ला पार्टी सभापती अम्मरसिङ पुनले एक कार्यक्रमका विच उहाहरुलाई सम्मान गर्दै काग्रेसको पाटीे सदस्यता प्रदान गर्नुभएको हो ।

 

944 total views, 1 views today