हिमशिखर जनजागरण युवा क्लबको ३ महिने सिलाई कटाई तालिम तिमिले राँक रोल्पामा सम्पन्न

मालश्री अन्लाइन, १६ असाेज । हिमशिखर जनजागरण युवा क्लव गंगादेव गाउँपालिका नं. ७ तिमिले राँक रोल्पाले आयोजना गरेको ३ महिने तालिमको आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले असार १५ गतेबाट संन्चालन गरेको तिन महिने नि–शुल्क आधारभुत सिलाई कटाई तालिमको समापन गरिएको छ ।

 

क्लवका अध्यक्ष लोकेन्द्र प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा गंगादेव गाउँपालिकाका उपाध्यक्ष रिता घर्तीको प्रमुख अतिथ्यता रहेको थियो भने गंगादेब गाउँपालिकाका वडा नं. ७ का वडा अध्यक्ष तुल बहादुर, घर्ती र गंगादेव गाउँपालिकाका कार्यापालिकाकी सदस्य चमेली घर्तीको विशेष अतिथ्यता रहेको थियो महिलाहरु आत्मनिर्भर बन्न सिलाई कटाई तालिम दिएको बताइएको छ ।

 

आफुले सीकेको शिपलाई जिबन्त वनाई आत्मनिर्भन बन्न महिलालाई उत्प्रेरित गर्ने उक्त क्लबले बताएको छ । सिलाई कटाई तालिमा ३५ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षक जमुना वुढा घर्ती मगररहनु भएको थिथो भने कार्यक्रमको स्वागत मन्तव्य क्लवका सहसचिव निर्मल कुमार केसीले गर्नु भएको थियो । कार्यक्रमको संन्चालन क्लवका संस्थापक अध्यक्ष करण केसीले गर्नु भएको त्यहाँबाट सरिता केसीले जानकारी दिनु थियो ।

 

340 total views, 2 views today