६६ औँ प्रहरी दिवसः रोल्पामा मास्क वितरण र वृक्षारोपण

मालश्री अन्लाइन, १७ असाेज । ६६ औँ प्रहरी दिवसको अवसरमा रोल्पामा वृक्षारोपण र मास्क वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले ६६ औँ प्रहरी विसको अवसरमा आइतबार चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले “तपाइको मास्क खोइ?” अभियान सहित लिवाङ बजारमा मास्क नलगाएका व्यक्तिहरुलाई मास्क वितरण गरेको हो ।

कोरोना संक्रमणको जोखिम केहि हद सम्म कम भएपनी यसको जोखिम र सक्रमण कायमै रहेकाले मास्क अनिबार्य लगाउनु पर्ने भन्दै मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जनाएको छ । त्यस्तै सार्वजनीक सवारी साधन प्राइभेट सवारी सधानहरुमा, समाजीक दुरी कायम गरौँ, तपाईको मास्क खोइ, यात्रा गर्दा अनिवार्यरुपमा मास्क लगाउँ जस्ता सचेतना मुलक स्टीकर समेत टासीदिएको जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी प्रहरी नायप उपरीक्षक नरेशराज सुबेदिले बताउनु भयो । ६६ औँ प्रहरी दिवसकैअवसरमा वृक्षारोपन समेत गरीएको हो । जिल्ला प्रहरी कार्यालय मातहत मार्फत इ. प्र.का होलेरी, घर्तिगाउँ पनी विभित कार्यक्रम गरिएको हो । प्रहरी दिवसको अवसरमा प्रत्येक बर्ष नेपाल प्रहरीले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेको छ ।

 

 

 

295 total views, 1 views today