बिभिन्न पार्टि परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश

मालश्री अन्लाइन, १८ असाेज ।  रोल्पाको रुन्टिगढी वडा नं. ७ बलबाङमा बिभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरको छन । राष्ट्रका लागि कांग्रेस– राष्ट्रियताको लागी कांग्रेस अबको कांग्रेस प्रगतिशील कांग्रेस भन्ने मुल नारालाई साथ उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । मिलन रोका र तिर्थ दशौदीको नेतृत्वमा नेकपा एमाले, नेकपा माओबादी परित्याग गरि एक दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली काँग्रेस रुन्टीगढी गाउँपालिकाले जानकारी दिएको छ ।

 

पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुमा मिलन रोका ,केशलाल बुढा ,तिर्थराज दशौदी , श्यामराज नेपाली, कमल नेपाली, सुरेस नेपाली, लक्ष्मण नेपाली, भरत रोका , जनक रोका लगायत रहेको बताइएको छ । नेपाली काँग्रेस पार्टीमा नब प्रवेशीहरुलाई नेपाली काँग्रेस रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुनले अबिर ल्यापन गरि पार्टीको सदस्यता प्रदान गरि नब प्रवेशीलाई पार्टी प्रबेश गराउनु भएको थियो ।

 

379 total views, 1 views today