रा.प्र.पा को जिल्ला अधिवेशन सम्पन्न

मालश्री अन्लाइन, १९ असाेज । राष्टिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । राप्रपा का कार्यकारी अध्यक्ष गीर बहादुर महराको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको प्रमुख अतिथिमा केन्द्रिय सदस्य टिका बहादुर वली रहनु भएको थियो ।

मगंलबार सम्पन्न भएको अधिबेशन तथा भेला बाट गोबिन्द बलामी सर्वसहमतरुपामा अध्यक्ष हुनु भएको छ । जसको सह–अध्यक्षमा केशर बहादुर पुन रहनु भएको छ भने उपाध्यक्षमा कुल बहादुर राना र रन सीङ दमाइ रहनु भएको छ । त्यस्तै सचिवमा खिम बहादुर के.सी रहनु भएको छ । भने प्रवक्तामा दुर्गा बहादुर पुन लगाएत २० जना सदस्य रहेको राप्रपा रोल्पाले जनाएको छ ।

 

145 total views, 1 views today