अनेरास्ववियू रोल्पाद्धारा दशै तिहारको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

मालश्री अन्लाइन २० असाेज । नेकपा एकृकित समाजबादी पार्टी भातृ संगठ अनेरास्ववियू रोल्पाले दशै तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी अखिल नेपाल स्वतन्त्र विद्यार्थि यूनियन जिल्ला कमिटी रोल्पाको आयोजनामा बुधबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । अनेरास्ववियूका जिल्ला अध्यक्ष प्रताप घर्तिमगरको अध्यक्षतामा भएको शुभकामना तथा चियापान कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एकीकृत समाजबादी पार्टीका केन्द्रिय कमिटि सदस्य तथा जिल्ला अध्यक्ष हरी प्रसाद घर्तिमगर रहनु भएको थियो भने विशिष्ट अतिथमा नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष शुरेन्द्र थापा घर्ति रहनु भएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजबादी पार्टी रोल्पाका जिल्ला प्रवक्ता तथा अनेरास्ववियूका केन्द्रिय कमिटी सदस्य किरण बुढामगर, एकीकृत समाजबादी पार्टी रोल्पाका जिल्ला सदस्य तथा नगर कमिटी इन्चार्ज टकं बुढामगर, नेकपा एकीकृत समाजबादी पार्टी नगर कमिटी अध्यक्ष गोरख महरा, नेपाल पत्रकार महासघं रोल्पाका पुर्व अध्यक्ष खेम बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका सह–सचिव रेश्म विक, नेपाल टेलीभिजनका रोल्पा संवाद दाता माधव कुमार वली, सगरमाथा टेलिभिजनका रोल्पा संवाद दाता भरत नेपाली, रेडियो मालश्रीका शुर्यप्रकाश वुढामगर लगाएतको आतिथ्यता रहेको थियो ।

अनेरास्ववियू रोल्पाका जिल्ला उपाध्यक्ष धनराज विकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन यूवा सघं नेपालका रोल्पा जिल्ला सचिव प्रशान्त बुढामगरले गर्नु भएको हो । दशै तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हरीप्रसाद घर्तिमगरले विद्यार्थिहरु पहिले जस्तो अहिलेको संगठनमा आवद्ध नभएको बताउनु हुदै आफुहरु वैज्ञानिक समाजबादको अभ्यासमा रहेको र अहिलेको शिक्षा व्यवहारमुखी हुनु पर्नेमा जोड दिनुभयो । साथै उहाले विद्यालयहरुमा देखिएको चरम लार्पवाहिको कारणले गर्दा दक्ष जनशक्ति उत्पादन हुन नसकेको बताउनु भयो । विद्यालयले मनपरी ढगंले गरीव जनताको छोरा छोरीहरुलाई महंगो शुल्क उठाइरहेको र त्यसको विरुद्ध आफ्नो संगठनमा रहेका विद्यार्थिहरुलाई प्रतिवाद गर्न आग्रह गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथि नेकपा माओबादि केन्द्रका जिल्ला अध्यक्ष शुरेन्द्र थापा घर्तिले आफुहरु केहि समय संगै भएर काम गरेको र एकृकित समाजबादि पार्टी चोइटिएर नभइ नेकपा एमाले बाट विद्रोह गरेर आएको बताउनु भयो । साथै आफुहरु नयाँ समाजबादको अभियानमा रहेको र अहिलेको समय र परिस्थीती अनुसार अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनु भयो । अनेरास्ववियू रोल्पाले जिल्ला अध्यक्ष हरी प्रसाद घर्ति लाई नेकपा एकीकृत समाजबादी पार्टीको केन्द्रिय कमिटी सदस्यमा मनोनित भएकोमा बधाइ तथा दोसल्ला ओढाइर सम्मान समेत गरेको अनेसास्ववियू रोल्पाले जनएको छ ।

 

282 total views, 1 views today