६६ औं प्रहरी दिवस रोल्पामा पनि भब्यताका साथ मनाइयो

मालश्री अन्लाइन २० असाेज । ६६ औं प्रहरी दिवस २०७८ रोल्पामा पनि एक भब्य कार्यक्रमका साथ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डि.एस.पि नरेश राज सुवेदी अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा रहनु भएका थियो ।

कार्यक्रमको विशिष्ट अतिथिहरुमा रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण के.सी प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा रहनु भएको थियो । भने अन्य अतिथिहरुमा ने.क.पा. माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ति, नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोर कुमार आचार्य, ने.क.पा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरी प्रसाद घर्ति मगर, रा.प्र.पा. रोल्पाका. जिल्ला अध्यक्ष गोबिन्द बलामि, बटुक दल गणका गणपति प्रमुख सेनानी मणिराम थापा , सशस्त्र प्रहरी नायव उपरीक्षक होमनाथ भट्टराई, जिल्ला राष्ट्रिय अनुसन्धान प्रमुख चिरञ्जिवी बुढा, सहायक जिल्ला न्यायधिवक्ता नुमराज खनाल शर्मा ज्य, रोल्पा अस्पताल रेउघाका डाक्टर प्रकाश बुढा, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष बिश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्द, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डिबि घर्ति मगर जिल्ला कारागार कार्यालय, पूर्व प्रहरी संगठनका अध्यक्ष, सामुदायिक सेवा केन्द्रका अध्यक्ष, महिला संजालकि अध्यक्ष, युवा संजालका अध्यक्ष,होटल व्यवसायी संघका अध्यक्ष, एकल महिलाकि अध्यक्ष, सेफ हाउसका अध्यक्ष,आमा समूहका प्रमुख, पत्रकार, पुर्व प्रहरी कर्मचारीहरु,अमर प्रहरीका परिवारहरु, जग्गादाताहरु, यातायात व्यवसायी समितिका प्रमुख तथा प्रतिनिधि, लगायतको कार्यक्रमको अबसरमा उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि र सहभागिहरले अमर प्रहरीहरुको स्मारीकामा पुष्पहार अर्पण समेत गरेका थियो । कार्यक्रमको अबसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक कृष्ण राना मगर, प्रहरी नायब निरीक्षक बिष्णु बहादुर रावत क्षेत्री, प्रहरी साहेक निरीक्षक बिक्रम बि.क, प्रहरी साहेक निरीक्षक जय बहादुर बुढाथोकी ,प्रहरी साहेक निरीक्षक गोविन्द अधिकारी, प्रहरी हवल्दार थल बहादुर बिष्ट ,प्रहरी हवल्दार गोवर्धन थापा, प्रहरी जवान डिल बहादुर रोकाय, प्रहरी जवान पुर्ण बहादुर भण्डारी ,प्रहरी जवान अनिल के.सी, प्रहरी जवान चन्द्र प्रकाश चन्द, प्रहरी जवान गणेश बस्नेत , प्रहरी जवान बिमल गिरीलाई पुरस्कार सहित सम्मान समेत गरीएको थियो । दिबसकै अबसरमा भएको चेयर प्रतियोगितामा प्रथम हुने प्रहरी जवान लुमा योगी, द्धितिय हुने प्रहरी जवान जानकि चौधरी र तृतीय हुने प्रहरी जवान नर्मि घर्तिमगर लाई पुरस्कार प्रदान गरी सम्मान समेत गरीएको हो । अमर प्रहरीका परिवार सुनिता थापा, लक्ष्मी डाँगी, निमा थापा, सुनिता थापा, राज कुमारी भुजेल, निम कुमारी राना र दुर्गा कार्कीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । दिवसकै अबसरमा भएको टेबल टेनिश प्रतियोगितामा प्रहरी जवान जित बहादुर बुढाथोकी र प्रहरी जवान भक्त बहादुर राना टोली प्रथम भएको हो भने प्रहरी हवलदार गोवर्धन थापा र प्रहरी कार्यालय सहयोगि हेमन्त गिरीको टोलीले द्धितिय स्थान हासिल गरेको थियो । त्यस्तै प्रहरी सहायक निरीक्षक जय बहादुर बुढाथोकी र प्रहरी जवा दिल बहादुर बुढाको टोलीले तृतीय स्थान प्राप्त गरेका थिए ।

त्यस्तै ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रहरी निरीक्षक कृष्ण राना मगर प्रथम र प्रहरी हवल्दार हरि प्रसाद बिष्ट द्धितिय र प्रहरी सहायक निरीक्षक गोबिन्द अधिकारी, चन्द्र प्रकाश चन्द र तृतीय प्रहरी हवल्दार कमान सिंह बिष्ट र प्रहरी जवान पुष्कर बि.क. हुनुभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । त्रिबेणि गाउँपाली २ नुवागाँउ प्रहरी चौकिलाई जग्गा दान गर्ने महेन्द्र बहादुर बुढा, कलि घर्ति मगरलाई समेत दिबसको अबसरमा कदर पत्र सहित दोसल्ला ओधाई सम्मान गरिदिनु थियो । कार्यक्रममा बोल्ने प्रमुख अतिथि लगाएका बत्ताहरुले प्रहरी संगठनले इतिहास देखि अहिले सम्म राष्ट र नेपाली जनताको लागी गर्नु पर्ने कार्य कुशल्ता पुर्बक निर्बाह गरेको काम साच्चिकै प्रसंसा गर्न लाएक भएको बताएका थिए ।

समाजलाई शान्ती अमनचयन सहित सहि बाटोमा हिडाल्नको लागी प्रहरीको महत्वपुर्ण भुमिका हुने भएको हुनाले आम नागरीक संग नजिक रहेर साच्चै प्रहरी मेरो साथि बन्नको लागी समेत आग्रह गरेका थिए । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसिले गर्नु भएको थियो भने स्वागत मनतब्य एंवम प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीे ६६ औं प्रहरी दिवसको अवसरमा पठाएको शुभकामना सन्देश वाचन प्रहरी निरीक्षक कृष्ण राना मगर बाचन गरेर सुनाउनु भएको थियो । ६६ औं प्रहरी दिवसको अवसर रोल्पा प्रहरीले साताभरमा सदरमुकाम लिबाङ सुलिचौर, घर्तिगाउँ र होलेरी बजार क्षेत्रमा मास्क खोई अभियान, बृक्षारोपन र रत्तदान कार्यक्रम समेत गरेको थियो ।

 

259 total views, 3 views today