रुडास नेपाल रोल्पाको १७ औ वार्षिक साधारण सभा होलेरीमा सम्पन्न

मालश्री अन्लाइन २२ असाेज । ग्रामीण विकास तथा चेतना समाज RUDAS नेपाल रोल्पाको १७ औँ वार्षिक साधारण सभा विहिबार होलेरी रोल्पामा सम्पन्न भएको छ ।

 

 

रुन्टीगढी गाँउपालीका अध्यक्ष बालाराम घर्ति मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा गैरसरकारी सस्था महासघंका केन्द्रिय सचिव शोभारम डागी रहनु भएको थियो । सह–सचिव बसन्त गौतमको स्वागत मन्तव्य बाट सुरु भएको १७ औँ वार्षिक साधरण सभाको सञ्चालन कार्यसमिति सदस्य चन्द्रकला बुढाले गर्नुभएको हो । साधरण सभा बाट भिमबहादुर घर्तीमगरको अध्यक्षमा सर्वसम्मत रुपमा ९ सदस्य कार्यसमति चयन गरिएको छ । जसको उपाअध्यक्षमा काजल थापा, सचिवमा जित बहादुर डाँगी, सहसिचवमा बसन्त गौतम, कोषाध्यक्ष मन कुमारी घर्तीमगर रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सम्झना तिरुवा, टिकाराम घर्तीमगर र विस्मती बुढामगर रहेको सस्थाका टेकेन्द्र घर्तिले जानकारी दिनु भएको छ ।

231 total views, 1 views today