सुनछहरी गाउँपालिकामा बजार अनुगमन सम्पन्न

मालश्री अन्लाइन २३ असाेज । सुनछहरी गाउँपालिकामा बजार अनुगमन सम्पन्न गरिएको छ । गाउँपालिका बजार अनुगमन समितिले गाउँपालिकाको वडा नम्बर १ सेरमको फुलिबन बजार र वडा नम्बर ५ जैमाकसलाको पोबाङ बजार अनुगमन गरिएको हो ।

 

 

अनुगमन गरिएका २० व्यवसाय मध्ये १ पसलबाट म्याद नाघेका पेय पदार्थ बस्तु जफत गरी नष्ट गरिएको छ। गाउँपालिका योजना अधिकृत रमेश गिरीको नेतृत्वमा भएको अनुगमनमा इलका प्रहरी कार्यालय पोबाङका इन्चार्ज सुर्यलाल गुरुङ,स्वास्थ्य चौकी पोबाङका इन्चार्ज जनक गिरी,नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य जुनिस कुमार बिष्ट लगाएत सुरक्षाकर्मीहरु सहभागिता भएको अनुगमन गरिएका २० व्यवसाय मध्ये वडा नम्बर १ फुलिबन पसलबाट म्याद नाघेका पेय पदार्थ पाईएकोमा ति म्याद नाघेका पेय पदार्थ बस्तु १८ बोतल मिरिन्दा र एक बोतल ड्रफु जफत गरी मुचुल्का बनाई सबैको रोहबरमा नष्ट गरिएको छ। साथै अनुगमन समितीले मूल्य सुची,व्यवसाय दर्ता,साइन बोर्ड,नाप तौलको प्रमाण,पाना नम्बर बिक्री बिल दिने प्रक्रिया भए नभएको सरसफाइ लगाएत हेर्नुको साथै तथा नभएका कुराहरु तत्काल राखी पसल संचालन गर्न अनुरोध गरिएको छ ।

 

528 total views, 2 views today