रोल्पाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा जीप दुर्घटना हुँदा चालकको मृत्यु

मालश्री अन्लाइन २४ असाेज । रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरामा दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोबद्र्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । उहाँका अनुसार जीप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा परी जीपका सहचालक रोल्पा नगरपालिका सल्लीबोटका २० वर्षीय नवीन पुन घाइते भएका छन् । रोल्पा अस्पताल रेउघामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

282 total views, 1 views today