रोल्पामा एक पुरुषको घाँटी रेटी हत्या

मालश्री अन्लाइन २५ असाेज ।  रोल्पा गाउँपालिका वडा नंम्वर ६ दार्बोट निबासी ५६ वर्षिय पुर्ण बहादुर बुढा घाटी रेटी हत्या गरेको अबस्थामा फेला परेका छन् । बिहान अबेर सम्म पनि उनी उठेर नआँदा अर्को घरमा बस्दै आएका परिवारका अन्य सदस्यहरुले सुतेको घरमा गएर हेर्दा बाहिर बाट ताल्चा लगाएको तर उनले लगाउँने चप्पल नजिकै रहेको देखेपछि मृतक बुढा घर भित्रै भएको आंशकामा तत्काल प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी पुगी ढोका खोलेर र्हेर्दा कसैले घाटीमा धारीलो हतियार प्रयोेग गरेर घाटी रेटेर हत्या गरेको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

 

नजिकैको अर्को घर बाट खाना खाएर आइतबार राती करीब ११ बजेको समयमा नजिकै सुतिरहने घरमा सुत्न गएको परिवारीक स्रोतले जानकारी दिएको छ । घटना स्थल वरपरको चार किल्ला क्षेत्रलाई सिल गरेर अनुसन्धान गरी राखेको र थप अनुसन्धानको लागी नेपालगञ्ज बाट तालिम प्राप्त कुकुरको समेत झिकाई सकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो । । कुकुरले घटनाको थप अनुसन्धान गरी सत्य तथ्यकुरा बाहीर ल्याउने जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डि.एस.पि.सुबेदीले बताउनु भयो । मृतक उत्त घरमा सधै एक्लै बस्दै आएको बताइएको छ । मृतक जालझेल गर्ने खालको नभएर इमान्दार सोझो भएको समेत स्थानियले बताएका छन् ।

 

 

 

 

 

उनको १४ बर्ष पहिले श्रीमतीको मृत्यु भएको थियो । दुइ छोराहरु बिदेशमा कमाइ गर्न गएको र जेठो छोराको बुहारी, छोरी दाङ बस्दै आएको बताइएको छ । गत साउन २३ गते सम्पन्न नेपाली काँग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट हुनुभएको नेपाली काँग्रेस रोल्पाका कार्यबाहक सभापति किसोर कुमार आचार्यले बताउनुभयो ।

 

3,891 total views, 4 views today