रोल्पामा एक पुरुषको घाँटी रेटी हत्या गरेको पुष्टि

मालश्री अन्लाइन २६ असाेज । रोल्पामा भाईले दाईको घाटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका वडा नंम्वर ६ दार्बीट निवासी ४८ वर्षिय अमराज वुढाले आफ्नै दाई ५६ वर्षिय पुर्ण बहादुर बुढाको घाटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यलय रोल्पाका कार्यलय प्रमुख डिएसपी नरेशराज सुवेदीले बताउनु भयो ।

 

 

हत्या भएको ठाउँलाई सरक्षित राखेका थियौ, नेपालगन्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्रायाक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तीको घर भित्र छिरेर पत्ता लगाएको डिएसपी सुवेदीले बताउनु भयो । उहाँ आफैले पनि हत्या गरेको सुईकारी सक्नु भएको छ डिएसपी सुवेदीले भन्नु भयो । राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाईले दाईको हत्या गरेको प्रहरी जानकारी दिएको छ । पारिवारीक विवादका कारण हत्या गरेकोे बताइएको छ । कर्तव्य ज्यान मुद्धा शिर्षकमा हत्या अभियोगमा अनुसन्धान गरि प्रकृया अगाडी वढ्ने डिएसपि सुवेदीले बताउनु भयो । मृतक जालझेल गर्ने खालको नभएर इमान्दार सोझो भएको समेत स्थानियले बताएका छन् । उनको १४ बर्ष पहिले श्रीमतीको मृत्यु भएको थियो । दुइ छोराहरु बिदेशमा कमाइ गर्न गएको र जेठो छोराको बुहारी, छोरी दाङ बस्दै आएको बताइएको छ । मृतक वुढाको सवलाई रोल्पा अस्पताल रेउघामा पोष्टमाटमका लागी ल्याइएको छ ।

 

 

795 total views, 1 views today