प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रोल्पा शाखाद्वारा जीवन बिमा सम्बन्धि अभिमुकरण

 

मालश्री अन्लाइन, ९ कात्तिक  । रोल्पा नगरपापिलका–२ लिबाङ स्थित कार्यालय रहेको प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रोल्पा शाखाद्वारा जीवन बिमा सम्बन्धि अभिमुकरण कार्यक्रम आज सुनिलस्मृति गाउँपालिक–३ रोल्पामा सम्पन्न भएको छ ।

कार्यक्रममा सनस्टार इलिङ्स बोर्डिङ स्कुलका प्रधायापक सुनिल विस्ट, शिक्षक, विद्यार्थी र स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रोल्पा शाखाका प्रमुख टिकाराम जि.सी.ले गर्नुभएको थियो भने सहजीकरण सोही लिमिटेडका अप्रेसन इञ्चार्ज भानुभक्त सन्यासीले गर्नुभएको थियो ।

 

311 total views, 2 views today