सुनिलस्मृति गाउँपालिका दलित मुक्तिमोर्चाको अध्यक्षमा नम बहादुर चयन

मालश्री अन्लाइन, १० कात्तिक । नेकपा माओवादी केन्द्र भादृ संगठन दलीत मुक्तिमोर्चा सुनिलस्मृती गाउँपालीकाको सम्मेलन सुनिलस्मृति गाउँपालीका वडा ३ रुनिवाङमा बुधबार सम्पन्न भएको छ ।

नम बहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा पुर्व संविधान सभा सदस्य झकुप्रसाद सुवेदी रहनु भएको थियो भने विशेष अतिथिमा जिल्ला समन्वय ससमितिका सदस्य तथा दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेश संयोजक कर्मलाल परियार रहनु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र सुनिलस्मृती गाउँपालीका अध्यक्ष मनिराम बुढाथोकी, सचिव रतन महरा, वाईसीएल संयोजक पुर्ण सुनार, वाईसीएल सुनिलस्मृति गाउँपालीका वडा नं. ४ सचिव माधव बिक लगाएतको आतिथ्यता रहेको थियो ।

सम्मेलन बाट नम बहादुर बिकको अध्यक्षमा ३३ जना गाउँपालीका स्तरीय दलित मुक्तिमोर्चा गठन गरिएको छ । जस्को उपाध्यक्षमा दिना सोनी र खेमराज विश्वकर्मा रहनु भएको छ भने सचिवमा खुम नेपाली, सह–सचीवमा शेरचन सुनार, कोषाधक्ष्य दिल बहादुर बिक लगाएत ३३ सदस्य रहनु भएको छ । साथै लिलामणि सुनारको संयोजकमा ९ सदस्य गाउँपालीका सल्लाहकार समिति गठन समेत गरिएको छ । कार्यक्रममा १४० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले अब देश र समाजको बाटो कोर्ने दिन आएका बताउदै अब देशमा परिवर्तन ल्याउनको लागि यो मोर्चाको धेरै योगदान रहेको बताउनु भयो । त्यस्तै देशको लागि फेरि केही गर्ने दिन आएको बताउदै अब एक जुट भएर लाग्न अनुरोध गर्नुभयो । चन्द्र मरन्थानिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालनखुम बहादुर नेपाली गर्नुभएको थियो ।

 

134 total views, 1 views today