रोल्पाको जलजला गुरील्ला पदमार्ग भ्रमण आएकि ज्ञानीमाया लाइ हेलिकप्टर मार्फत उदार

मालश्री अन्लाइन, १० कात्तिक । गुरिल्ला पद मार्ग अन्तर्गत सहिद नमुना गाउँ जेलबाङ, जलजलाको बेस क्याम्प ओखरेनी छेडा हुँदै जलजला थबाङ आन्तरिक भ्रमणमा आएका पद यात्रा टोलि प्रकृति प्रेमी समुह काठमाडौंका ५५ वर्षीय ज्ञानीमाया श्रेष्ठलाई जलजलाबाट हेलिकप्टर मार्फत मंगलबार उदार गरिएको छ ।

साता व्यापी आन्तरिक भ्रमण आएको पद यात्रा टोलि प्रकृति प्रेमी समूह काठमाडौंका १५ सदस्य मध्य श्रेष्ठ जलजलामा आफ्नो क्याम्प देखि मेश क्याम्पमा जाँदै गर्दा तुसारोमा खुट्टाको जुत्ता चिप्लिएर खुट्टा भाचिएको ग्रामिण पर्यटक अभियान्ता एवं ट्रेकिङ गाइड पृथ्वी बुढामगरले बताउनु भयो ।

जलजलामा तुसारोमा चिप्लिएर खुट्टा भाचिए पछि समस्यामा रहेका आन्तरिक पर्यटकहरु लाई ट्रेकिङ गाइड तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका वडा नं. ७ जेलबाङका वडा अध्यक्ष टिका बहादुर बुढामगरले उपराष्टपतिका स्वकीय सचिव सुकबहादुर रोका लाई उदारको लागि अनुरोध गरेपछि पोखराबाट एयरलाइन्सको हेलिकप्टरले श्रेष्ठको उदार गरेको हो । अहिले श्रेष्ठको उपचार काठमाडौंमा सामान्य स्थितिमा रहेको र उहाँको खुट्टा भाचिएको जनाइएको छ । कोभिड –१९ पछि कोरोना भाइरसले थलापरेको आन्तरिक पर्यटन बल्ल फस्टाउन थालेको छ । प्रकृति प्रेमी समुहको टिम स्वर्गद्वारी प्युठान, रोल्पा जेलबाङ, जलजला, थबाङ हुदै लिबाङ सम्मको यात्रामा निस्केका आन्तरिक पर्यटनहरु कोभिड पछिको पहिलो आन्तरिक पर्यटन हुन् ।

 

655 total views, 2 views today