नेकपाका केन्द्रिय सदस्य चन्दको १३ औ दिनको स्मृती सभा जन्म घर केवरीमा पनि

मालश्री अन्लाइन, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द (बिरजङ) को १३ दिनको स्मृती सभा बुधबार परिबर्तन गाउँपालीका को केवरीमो सम्पर्न भएको छ । नेपाल कम्युनिष्ट पाटीको केन्द्रिय निर्देशन अनुसार नेपाल कम्युनिष्ट पाटी परिबर्तन गाँउपालीकाको आयोजनामा कार्यक्रम गरीएको आयोजकले जानकारी दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द (बिरजङ) जन्मेको र हुुर्केको पुरानो जन्म घर परिबर्तन पाउँपालीका वडा न. ३ तल्लो केवरी को गोजाखोलामा रहेको पुर्खेउली घरमा उत्त कार्यक्रमको आयोेजना गरीएको थियो । नेपाल कम्युनिष्ट पार्टीका सदस्य भुत्त बहादुर रिजालको अध्यक्षतामा भएको स्मृती सभा कार्यक्रममा नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय महासचिब बिनोद चन्द, नेपाल कम्युनिष्ट पार्टी परिबर्तन पाँउपालीका अभियान कमाण्डर पृथ्बी बिक्रम डाँगी, भाइ परिवारको तर्फ बाट महेन्द्र चन्द लगाएतले स्मृती सभा कार्यक्रममा मनतब्य राख्नु भएको थियो भने सो स्मृती सभा कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी प्रति आस्थाबान नेता कार्यक्रता, शुभचिन्तक, भाइ बन्दु छर छिमेकि, नातेदार लगाएको उपस्थिती रहेको थियो । स्मृती सभामा बोल्ने बत्ताहरु मृतक चन्द पार्टीको केन्द्रिय सदस्य मात्र नभई एक इमान्दार, पार्टी प्रति बफादार र कतब्य निष्ट ब्यतिकोे रुपमा रहेको बताउँदै उत्त अल्पआयूमै भएको दुखद निधनले पार्टीलाई ठुलो क्षेती हुनुको साथै सिङ्गो देशलाई नै क्षेती पु¥याएको बताएका थिए । स्मृती सभा कार्यक्रमको संचालन जगत बुढा मगरले गर्नु भएको थियो ।

465 total views, 2 views today