थरपछि मगर, भाषा मगर खाम, धर्म प्रकृति लेख्न मगर संघ सुनछहरीको गाउँपालिकाको आह्वान

मालश्री अन्लाइन, ११ कार्तिक । १२ औं राष्ट्रिय जनगणना तथा मगर संघको समुदाय प्रति उत्तरदायित्व बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर संघ सुनछहरी गाउपालिकाको आयोजना तथा सुनछहरी गाउँपालिकाको आर्थिक सहयोग, एवं सुनछहरी गाउँपालिका वडा न ६ कोे ब्यवस्थापन र वडा स्तरीय मगर संघ सुनछहरी गाउँपालिका ६ नम्बर वडा फगामको आयोजना तथा व्यवस्थापनमा र वडा नं. ६ वडा कार्यालयको समन्वयमा बुधबार सम्पन्न भएको हो ।

वडा स्तरीय मगर संघ सुनछहरी गाउँपालिका ६ नम्बरका अध्यक्ष चित्र झाक्रिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा सुनछहरी गाउँपालिका मगर संघका सल्लाहकार समिति तथा वडा नं. ६ का वडा अध्यक्ष अमरजित पुनमगर रहनु भएको थियो । भने विशिष्ट अतिथिमा नेपाल मगर संघ केन्द्रिय सदस्य, लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्य प्रशिक्षण धन बहादुर पुन मगर हरनु भएको थियो । कार्यक्रममा वडा नं. ६ का वडा सदस्य कर्ण बहादुर पुन, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष भिम प्रकाश पुनमगर, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि जगमन घर्ती, वडा स्तरीय मगर संघका सल्लाहकार संयोजना ओम प्रकाश घर्ती, समाजसेवी रत्नकिशोर झाक्री, ओविलाल पुन, जन कल्याण प्राथमिक विद्यालय धर्मशालाका अध्यक्ष हस्त बहादुर पुनमगर, नेपाल राष्ट्रिय मा.वि.फगामका प्रधानाध्यापक धन बहादुर पुन, जनता सुधार प्राथमिक विद्यालयका धुङ्सिका प्रधानाध्यापक राम बहादुर जे.एम, रिपुकोट प्रा.वि.का प्रधानाध्यापक कृतमन पुन मगर, कृषि प्राविधिक फगामका कृष्णा गिरि, जन एकता युवा क्लबका महासचिव खेमराज पुनमगर, सामुदायिक स्वास्थ्य इकाई धुङ्सिका अनमी दिपशिका पुन स्थानीय युवा भारत पुन, महिला समुहका प्रतिनिधि धन कुमारी पुनमगर लगाएतको आतिथ्यता रहेको थियो ।

१२औं राष्ट्रिय जनगणनाको सम्बन्धमा बोल्दै कार्यक्रमका प्रशिक्षण तथा मगर संघका केन्द्रिय सदस्य धन बहादुर पुन मगरले आफ्नो पहिचान लोप हुने गरि विवरण टिपाउदा समानुपातिक, समाबेशी, विशेषाधिकार र आरक्षण सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रमा राष्ट्रिय तथ्यांकमा देखिने जातीय, भाषिक र धार्मिक सख्याले सिङ्गो राजनीतिक तथा आर्थिक क्षेत्रमा दुरगामि प्रभाव पर्ने भएकोले मगरहरुले यस पालीको जनगणनामा आफ्नो यथेष्ट विवरण टिपाउनु आग्रह गर्नुभयो । साथै विगतको तथ्यांक सहि नभए स्मरण गराउदै सबै मगरहरुले आ–आफ्नो थरको पछाडि अनिवार्य मगर लेख्न कन्जुस्याइँ नगर्न अनुरोध गर्नु भयो । बहुसंख्यक मगरहरुको धर्म हिन्दु भनिएता पनि मगर समुदायले गर्ने मगर सस्कार सिमे, भुमे पुज्ने बुवा, आमा, बाजे बजै सम्झनामा पितृ पुजा गर्ने, हरेक महिना औशि र पुर्णिामामा घरको कुल देवताको पुजा आदि हिन्दु सस्कारमा नभएको जिकिर गर्दै मगर सस्कार र हिन्दु सस्कार बीचमा आकाश पातालको फरक रहेको जानकारी गराउनु भएको हो । मगरको खास पुर्ख्यौलि धर्म प्रकृति पुजक भएकोले धर्म प्रकृति लेख्नुपर्ने र भाषाको सम्बन्धमा नेपाल एकीकरण पछि केहि आदिवासी जनजातिहरुको सम्पर्क भाषा माथि प्रतिबन्ध लगाएकोले नेपालमा लाखौं मगर जातिहरुको भाषा प्रयोग बिहिन भइ लोप भएको उल्लेख गर्दै विशुद्ध मगरको पुर्खाको भाषा मगर ढुट, मगर खाम, मगर काइके भाषामध्ये आफुले बोल्ने कुनै एक लेख्ने । र भाषा नबोल्ने हरुले सुनहछरी गाउपालिकाको सन्दर्भमा मगर खाम लेख्न अनुरोध गर्नुभएको छ । गणकहरुले भाषाको बारेमा सोधपुछ नगरी नेपाली भाषा लेखिदिने प्रचलन रहेकोले यस तर्फ सचेत हुनुपर्ने बताउनु भयो । त्यस्तै पुख्र्यौली भाषा लेख्न पाउनु भाषिक स्वतन्त्रता र नैसर्गिक अधिकार भएको समेत बताउनु भयो । फरक प्रसङ्गमा उहाँले अहिले मगर जातिलाई पुन समाज जस्ता विभिन्न मान्छेहरुले विभाधित बनाई रहेकाले यस्ता गलत र भ्रम हरुबाट टाढा रहन सबैलाई सुचित गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अमरजित पुनले धर्म मानव र मानव समुदायलाई सभ्य र सुन्दर बनाउन अति आवश्यक भएको कुरा उल्लेख गर्दै अबको समयमा मगरहरुले आफ्नो पहिचान के हो भन्ने कुरा बुझेर मात्र १२ औँ जनगणनामा आफ्नो विवरण भर्न सबैलाई प्रतिबद्ध हुन अपिल गर्नु भयो । मगर संघ सुनछहरी गाउँपालिकाका अध्यक्ष रण बहादुर घर्तीले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै यो कार्तिक ५ गत्ते १ नम्बर वडा सेरमबाट सुरु गरि निरन्तर चलिरहेको र अन्तिम दिन जेल्बाङ सम्पन्न गर्ने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रमका अतिथि रत्नकिशोर झाक्रीले मगर संघले आयोजना गरेको त्यो कार्यक्रम अपरिहार्य रहेको बताउदै मगर संघले बेला बेलामा आफ्नो पहिचानको लागि यस्तो कार्यक्रम समुदायमा आयोजना सुझाव समेत दिनु भयो । मगर संघ सुनछहरी गाउँपालिकाका उपाध्यक्ष जेनिशा बुढामगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन मगर संघ सुनछहरी गाउँपालिका सचिब रेशम पुनले गर्नु गर्नुभएको हो ।

 

 

443 total views, 1 views today