रोल्पाको थबाङमा एमालेको शक्ति प्रदर्शन

मालश्री अन्लाइन, ११ कार्तिक । जिल्लाको अधिकांश पालिकामा ९ गते नै अधिवेशन गरेकाे नेकपा (एमाले) ले माओवादीको प्रभाव क्षेत्र मानिने थवाङ गाउँपालिकामा भने थाती राखेको थियो । अन्य सबै पालिका अधिवेशन सकाएर नेताहरू थवाङमा जम्मा भएका छन् ।

 

 

थवाङमा र्‍याली निकालेर एमाले पालिका अधिवेशन शुरु भएको छ । एमालेले थवाङमा अधिवेशन गराउन जिल्लाभरकै शक्ति केन्द्रित गरेको छ । एमाले जिल्ला नेता ईश्वरी जिएमका अनुसार केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवीन रोका, चार प्रदेश सदस्यलगायत थवाङमा पुगेको बताइन् । त्यस्तै एमाले जिल्ला कमिटीमा रहेका अरु धेरै नेताहरू पनि थवाङ पुगेका छन् । अहिले बन्द सत्र जारी छ। आजै नेतृत्व चयन गरिने बताइएको छ। थवाङलाई तत्कालीन नेकपा माओवादीको सबैभन्दा धेरै प्रभाव रहेको क्षेत्रका रूपमा लिइन्थ्यो । माओवादीहरू त्यसलाई आफ्नो आधार इलाका भन्थे ।

 

माओवादी शान्ति प्रक्रियामा आएपछि पनि धेरै समयसम्म त्यहाँ माओवादीबाहेकका पार्टीले आफ्नो संगठन निर्माण गर्न सकेका थिएनन् ।प्रतिनिधिसभाको २०७४ सालको चुनावमा साविकको थवाङमा शून्य मतदान भएको थियो ।

  

748 total views, 2 views today