सिर्जना कलासाहित्य —यात्रा २०७८ को सिर्जना उत्सब रोल्पाको सदरमुकाम लिबाङमा

 

मालश्री अन्लाइन, १३ कार्तिक । सद्धभाब र सिर्जना कलासाहित्य — यात्रा २०७८ को सिर्जना उत्सब रोल्पाको सदरमुकाम लिबाङमा सम्पन भएको छ । नेपाली कला साहित्य डट कम प्रतिष्ठान ललितपुर नेपालको आयोजना र ललित साहित्य परिषद रोल्पाको सह आयोजना एवंम रोल्पा नगरपालीकाको सहयोगमा कार्यक्रम सम्पन गरीएको आयोजकले जानकारी दिएको छ । नेपाली कला साहित्य डट कम प्रतिष्ठान ललितपुर नेपालले हरेक बर्ष देशको कुनै एक जिल्लामा गएर आफ्नो साहित्यीक कार्यक्रम गर्ने गर्दै आएकोमा यस बर्ष पुर्ब निर्धारीत कार्यक्रम अनुसार रोल्पामा यस प्रकारको कार्यक्रम गरीएको ललित साहित्य परिषद रोल्पाका उपाध्यक्ष नबिन लोचन मगरले जानकारी दिनु भएको छ ।

नेपाली कला साहित्य डट कम प्रतिष्ठान ललितपुर नेपालका अध्यक्ष मोमिला जोसी र ललित साहितय परिषद रोल्पाका अध्यक्ष लोक आलोक संयुक्त अध्यक्षतामा भएको कार्यक्रको प्रमुख अतिथिमा बिशिष्ट कबि एंवम नाट्यकर्मि तथा प्रज्ञा सर्वश्री अशेष मल्ल रहनु भएको थियो । बिशिष्ट अतिथिहरुमा स्रष्टा तथा प्रज्ञा सर्वश्री जिबेन्द्र देब गिरी रोल्पा नगरपालीका मेयर पुर्ण केसि, प्रमुुख जिल्ला अधिकारी नबराज सापकोटा,रहनु भएको थियो । कार्यक्रममा अन्य अतिथिहरुमा रोल्पा नगरपालीकाका उपमेयर मन कुमारी घर्ति,रोल्पा नगरपालीका का प्रमुख प्रशासकिय अधिकृत महेन्द्र पराजुली, नेपाली कला साहित्य डट कम प्रतिष्ठानका मानार्थ सदस्य डा. हरिप्रसाद मानसाग्नि,सिस्नु पानी नेपालका अध्यक्ष लक्षमण गाम्नागे, रहनु भएको थियो । कार्यक्रममा पुरष्कृत हुने सष्टाहरु डिबी टुहुरो र नबिन बिभास,नेकपा एमाले रोल्पाका प्रतिनिधी नेब बहादुर वली,नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोर कुमार आचार्य,नेकपा माओबादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ति , नेकपा एकिकृत समाजबादी पार्टी रोल्पाका प्रतिनिधी किरण बुढा , नेपाल लेखक संघ का केन्द्रिय सदस्य दामु मर्सिफुल, राप्ती साहित्य परिषद रोल्पाकी अध्यक्ष कबिता उपाध्याय र नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्द लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रमकै अवसरमा योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘योगेश्वर वाङ्मय पुरस्कार—२०७८’ बाट नगद रु २५ हजार र प्रसंसा पत्र सहित रोल्पाली अग्रज साहित्यकार एवंम रेडियो मालश्रीका स्टेशन म्यानेजर डि.बी. टुहुरो र प्रेमी प्रा.डा. ग्रेगरी जी मस्कारिनेकद्वारा स्थापित ‘ग्रेगरी कलासंस्कृति पुरस्कार—२०७८’बाट रु २० हजार र प्रसंसा पत्र सहित नबिन बिभासलाइ सम्मान समेत गरीएको छ ।

सो कार्यक्रमा केन्द्र बाट आएका अग्रज राष्ट्रिय स्तरका अग्रज साहित्यकारहरु लक्ष्मन गाम्नागे,डा.कृष्णराज डिसी, राजेश्वर कार्कि,ठाकुर बलबासे,सबिता गौतम दाहाल, तिकाराम उदासि, डा. हरिप्रसाद मानसाग्नी, ज्योती जंगल र रोल्पा जिल्लाका अग्रज साहित्यकारहरु दामु मर्सिफुल, क्षितीज मगर, कमल बिबस मगर, संगीत मगर, नौलोदिप मगर र टेकेन्द्र जि.एम. लगाएतले कबिता समेत बाचन गर्नु भएको थियो , कार्यक्रमा रोल्पा जंकोटको लोक्कल मयूर नाच, तुल्सी आबासिय माबि र होलिभिजन आबासिय माबिका बिद्यार्थिहरुले नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए । कार्यक्रका प्रमुख अतिथि बिशिष्ट कबि एंवम नाट्यकर्मि तथा प्रज्ञा सर्वश्री अशेष मल्ल साहित्य कलाको संग सँगै हाम्रो देशको प्राकृतीक सुन्दरतालाई पनि जोड्ेर र नेपाललाई बिश्वको माझमा चिनाउन सक्नु पर्ने बताउनु भएको थियो । हाम्रो देश नेपालको सुन्दरतालाई बिश्व सामु बेच्न सकेमा देश यसै धनि र समृद्ध बन्नेमा बताउनु भएको थियो । नेपालीहरुले अब समाज सेवा गर्न पैसा कमाउनकै लागी डाक्टर, इन्जिनियर, पाइलट बनाएर देशको सेवा गर्नुको साथै अबको नया सन्ततीलाई साहित्य कला र मिडीया सँग जोडेर राष्ट्रको सेवा गर्नमा उत्प्रेरीत गर्न समेत सबैलाई आग्रह गर्नु भएको थियो । ललित साहित्य परिषद रोल्पाका उपाध्यक्ष नबिन लोचन मगरको स्वागत मनतब्य बाट शरु भएको कार्यक्रको संचालन नेपाली कला साहित्य डट कम प्रतिष्ठान ललितपुर ठाकुर बेलबासेले गर्नु भएको थियो ।

 

 

 

183 total views, 2 views today