सेफ हाउस संचालनका लागि स्थानिय सरकारको उदासिनता प्रति असन्तुष्टि ब्यक्त

मालश्री अन्लाइन, १५ कार्तिक । आपतकालिन सुरक्षा गृह (सेफ हाउस) समन्वय बैठक आज सम्पन्न भएको छ । जिल्ला समन्वय समिती रोल्पाका सुचना हलमा बैठक सम्पन्न भएको हो । बैठकमा सहभागि अधिकांस सहभागिहरुले सेफहाउस संचालनका लागि स्थानिय सरकारले चासो नदिएको प्रति गुनासो गरेको छन । जिल्लमा सेफहाउस कसरी र कस्ले संचालन गर्ने भन्ने स्पष्ट निर्देशिका कसै संग पनि नभएका बेला सदरमुकाममा रहेको सगरमाथा महिला बचत तथा क्रण सहकारी सस्थाले सेफ हाउस संचालन गर्दै आइरहेको छ । राज्यको पुनर्संरचना भए पश्चात सस्था लाई सेफ हाउस संचालन गर्नका लागि हम्मे हम्मे परेको थियो । अहिले केही स्थानिय तह तथा साझेदार संघ संगठन र प्रदेशले केही सहयोग गरे पछि केहि सहज भइरहेको संचालनकको भनाइ छ । नियमित चल्ने समन्वय बैठकमा जिल्लामा संचालन भइरहेको सेफ हाउसलाई दिर्घकालिन रुपमा कसरी संचालन गर्न सकिन्छ भन्ने बारेमा धेरै छलफल भएको थियो । यसका साथै पिडितहरुलाई कसरी न्यायको पहुचमा लिने, न्याय पाएकाहरुलाई समाजमा पुनर्मिलन र दिर्घकालिन व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कारेमा पनि बैठकमा छलफल भएको थियो ।

 

 

 

सेफ हाउसकी मनोविमर्षकर्ता दिलकुमारी बुढाले संचालन गर्नु भएको बैठकमा आपतकालिन आश्रय गृहको परिचय, उदेश्य, आश्रय गृहले सम्पन्न गरेका कामहरु, आएका हिंसाका प्रकारहरु, आश्रय गृहका उपलब्धि, समस्या, चुनौति, आगामि योजनाहरु र २०७७–०७८ को खर्च ब्यवस्थापनका बारेमा जानकारी गराइएको थियो । बैठकमा लैगिक हिंसा प्रभावितहरुलाई कसरी प्रभावकारी सर्न सकिएला, सेफ हाउस दिगोपनका लागि स्थानिय तहलाई जिम्मेवार बनाउन के गर्नु पर्ला र मनोविमर्षकर्ताको थप क्षमता बिकाश तालिमका लागि कसरी पहल गर्न सकिन्छ भन्ने विषयमा खुल्ला छलफल गरिएको थियो ।

 

आपतकालिन आश्रय गृह संयोजक तुलसा आचार्यको अध्यक्षतामा सम्पन्न भएको समन्वय बैठकमा जिल्ला न्यायाधिबक्ता सन्तोष शर्मा, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र पराजुली, स्वास्थ्य कार्यालय रोल्पाका नोखराज पोख्रेल, रोल्पा अस्पताल ओसिएमसिका डा. प्रकाश बुढा, जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर सन्तोष केसी, सिद्धार्थ सामाजिक विकाश केन्द्रका रमेश विक, बार एसोसीयसनका सचिव दामोदारप्रसाद सुवेदी, जिल्ला समन्वय समितिका सिताराम वुढाथोकी, रेडक्रश रोल्पाका सभापति डीवी टुहुरो, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविनलोचन मगर,निवर्तमान अध्यक्ष महेश न्यौपाने लगाएत विभिन्न सरोकारबाला निकायहरुको सहभागिता रहेको थियो ।

 

युएन.एफ.पिए र सिद्धार्थ सामाजिक विकाश केन्द्रकोे आर्थिक सहयोग एवं अल्पकालिन आश्रय गृह र जिल्ला समन्वय समितको समन्वयमा बैठक सम्पन्न भएको हो । वैठको सहजिकरण जिल्ला समन्वय समितिका सिन्धु पाण्डेले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

 

 

153 total views, 1 views today