सर्वोच्च अदालत परिसरमा आज पनि नेपाल बारको प्रदर्शन

मालश्री अन्लाइन, १७ कार्तिक । प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् ।

 

 

पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन ।

अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने लगायतका विषयमा छलफल गरेर अर्को आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने बारको तयारी छ ।

 

 

107 total views, 1 views today