पर्साबाट मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ

मालश्री अन्लाइन, १७ कार्तिक । पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले वीरगञ्‍जको भानुभोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१५का २२ वर्षीय कैलाश महतो, कलैया उपमहानगरपालिका-४का २२ वर्षीय विनयराज शर्मा र फेटा गाउँपालिका-३ बाराका २० वर्षीय रविन कुमार साह रहेका छन् । उनीहरुले भारतीय नागरिक अरुण कुमार चौरसियाको बीआर२२एटी ९३२६ नम्बरको रोयल इनफिल्ड बुलेट बाइक कार्तिक १२ गते होटलमा पार्किङ गरि राखेको ठाउँबाट चोरेको प्रहरीको दाबी छ । उनीहरुले चोरी गरी उक्त बाइकमा बा८२प६४६० नम्बरको नयाँ नम्बरप्लेट लगाइ चलाउँदै आएका प्रहरीको भनाइ छ । पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

 

158 total views, 2 views today