स्वास्थ्य मापण्ड पूर्ण पालना रुपमा गरी देउसी–भैलो, नाचगान गर्न पमुख जिल्ला अधिकारी सापकोटाको आग्रह

मालश्री अन्लाइन, १७ कार्तिक । जिल्ला प्रशासन कार्यालय रोल्पाले नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावलीको अवसरमा खेलिने देउसी–भैलो सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने जनाएको छ । मालश्री संबादमा पत्रकार गणेश केसीसंगको कुराकानीको क्रममा प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य मापण्ड पूर्ण रुपमा पालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम सञ्चालन गर्न समेत बताउनुभएको छ । यसैगरी देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । प्रशासनले पटका, प्रज्वलशील बिष्फोटक, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ । त्यस्तै तिहारको अबसरमा सञ्चालन गरिने सरा यनाच यस बर्ष नगर्ने बताउनुभएको छ । चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा हो हल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रमुल जिल्ला अधिकारी सापकोटाले बताउनुभएको छ । मठमन्दिर, लगायतका धार्मिकस्थलमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजापाठलगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

 

272 total views, 3 views today