नेपाल सरकारले कोरोना प्रभावित अति विपन्न परिवारलाई १० हजारका दरले राहत दिदै, रोल्पामा ५ हजार ५ सय ४५ घर लाभान्वित हुने

मालश्री अन्लाइन, २१ कार्तिक । नेपाल सरकारले कोरोना महामारीबाट प्रभावित रोल्पा जिल्लाका ५ हजार ५ सय ४५ घरका अति विपन्न परिवारलाई राहत दिने बताइएको छ।१० हजार रुपियाँका दरले राहत वितरण दिने सरकारले निर्णय गरेको बताइएको छ।पालिकाहरुमा ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण हुने उल्लेख गरिएको छ। विशेषगरि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन र निषेधाज्ञाका कारण प्रभावित भएका अति विपन्न,असह्य र ज्यालादारी,दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने विपन्न र हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरिने सरकारले जनाएको छ।सरकारले प्रतिस्थापन विधेयकबाट लिएको बजेटमा घोषणा गरेअनुसार केही दिन अगाडि त्यो शिर्षकको राहत रकम वितरण कार्यविधि मन्त्रीपरिषद्बाट स्वीकृत भइ राजपत्रमा प्रकाशित गरिसकेको छ।त्यही अनुसार देशभरका झण्डै ५ लाख अती विपन्न परिवारसँगै रोल्पाका ५हजार ५सय ४५ घर परिवारलाई राहत वितरण हुने बताइएको छ।रोल्पाका सबै पालिकाहरुले पनि विपन्न घर परिवारको संख्या पठाइएको पालिकाका प्रमुखहरुको भनाइ रहेको छ।रोल्पाका १ नगरपालिका र ९ गाउँपालिकाका परिवारलाई राहत रकम दिइने गएको मङ्गलबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ।जसमा सुनछहरी गाउँपालिकाका ४ सय ६३,थबाङ्ग गाउँपालिकाका २ सय ९३,परिवर्तन गाउँपालिकाका ५ सय १६,गंगादेव गाउँपालिकाका ४ सय ८९,माडी गाउँपालिकाका ४ सय ६३,त्रिवेणी गाउँपालिकाका ४ सय ४४,रोल्पा नगरपालिकाका ६ सय८६,रुन्टिगढी गाउँपालिकाका ७ सय १७,सुनिलस्मृती गाउँपालिकाका ७ सय २९ र लुंग्री गाउँपालिकाका ७ सय ४५ गरि जम्मा ५ हजार ५ सय ४५ घर परिवार लाभान्वित हुने बताइएको छ।नेपाल सरकारले यो गरीब लक्षित कार्यक्रम सबै भन्दा महत्त्वपूर्ण रूपमा लिएको बताइएको छ।कार्यविधि अनुसार कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण पेशा व्यवसायी,श्रम गर्ने,अवसर गुमाएका,आर्थिक रूपमा अति विपन्न नागरिकले विगतमा गर्दै,आएको रोजगारी पूर्ण रूपमा गुमाएका र रोजगारीको अर्को अवसर नपाएका बेरोजगार असङ्गठीत क्षेत्रका मजदुर र कामदारलाई उक्त रकम प्रदान गरिने बताइएको छ।साथै खुला सडक,फुटफाथ,नाङ्गो पसल सञ्चालन गर्दै आएका,अति विपन्न व्यवसायी,दैनिक ज्याला मजदुरी गर्ने भरिया,कृषि मजदुर,सार्वजनिक यातायातका मजदुर र पर्यटकीय भरियाले समेत राहत रकम पाउने कार्यविधिमा उल्लेख गरिएको छ।नेपाल सरकारको कार्यविधिमा कोभिड-१९का कारण एकाघरका परिवारको आयआर्जन गर्ने मुख्य सदस्यका मृत्यु भइ आर्थिक संकट झेल्नुपरेको परिवार वा अभिभावक गुमाएका असह्या नाबालकलाई स्याहार गर्ने परिवार समेतले यो रकम पाउने व्यवस्था गरेको छ।नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता,ज्येष्ठ नागरिक,एकल महिला, दलित,अपाङ्ग,नेपाल सरकार र विदेशी सरकारको निवृत्तभरन पाउने परिवारले यो रकम दाबी गर्न पाइने छैन।उक्त राहत रकम प्राप्त गर्नका लागि सार्वजनिक सूचना जारी भएको १५ दिनभित्र स्थानीय वडा कार्यालयमा आवश्यक कागजात सहित निवेदन गर्नुपर्ने प्राबधान रहेको छ।सह्याता रकम वडाबाट उपलब्ध हुने पनि जनाइएको छ।

 

214 total views, 2 views today