सुनिलस्मिृती गाउँपालिकाद्धारा राष्ट्रिय जनगणनामा सहभागी हुन आग्रह

मालश्री अन्लाइन, २६ कार्तिक । प्रत्येक दश दश वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना कार्य कार्तिक २५ देखि मंसिर ९ गतेसम्म संन्चालन भइरहेको छ । गणकहरुलाई आफ्नो तथा आफ्नो परिवारको सही र यथार्थ विवरण टिपाई जनगणनामा सहभागी हुन, यस राष्ट्रिय अभियानलाई गाउँपालिकामा सफल पार्न र जनगणनामा व्यक्ति तथा संस्थाले पालना गर्नुपर्ने आचरणहरुको पूर्ण पालना गरिदिनुहुन सुनिल स्मृति गाउपालिकाका सम्पूर्ण गाउँबासिहरुमा प्रमुख प्रशासिकीय अधिकृत गौतम भन्डारीले आग्रह गर्नु भएको छ ।

 

जनगणना देश विकासका लागी आवश्यक पर्ने आधारभूत तथ्याङ्क दिने एक माध्यम भएको समेत उहाले बताउनु भयो । यसलाई सफल पारी गुणस्तरीय र तथ्यपरक तथ्याङ्कहरुको निर्माणमा सहभागी हुन अनुरोध समेत गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को विहिबार बाट सुरु भएकोले यस सुनिलस्मृति गाउँपालिकामा परिवारको सही र यर्थात विवरण टिपाई सहभागी हुन जानकारी गराईको छ ।

166 total views, 2 views today