नेकपाले गरेको बन्दले कुनै सवारी चलेनन्

मालश्री अन्लाइन, ३० कार्तिक । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको रोल्पामा पूर्ण प्रभाव परेको थियो । बन्दका कारण विहानै देखी वजार,कलकारखाना र शिक्षण संस्था खुलेका थिएनन् ।बन्दका कारण जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनसमेत चलेका थिएनन् । छोटो दुरीका सवारी साधन नचल्दा यात्रुहरु पैदलयात्राद्धारा गन्तव्यमा पुग्न बाध्य भएका थिए् ।

 

बन्दले रोल्पाबाट काठमाण्डौ, पोखरा, वुटवल, नेपालगंज र दाङ जान ग्रामीण भेगवाट सदरमुकाम लिवाङ आएका यात्रुहरु अलपत्र परेका थिए । बन्दको जानकारी नभई विहानी कक्षाका लागि विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय बन्द भएसंगै फर्किएका थिए । बन्दले जिल्ला सदरमुकाम लिवाङका साथै सुलिचौर, घर्तीगाउँ, होलेरी, वागमारा बजार क्षेत्र समेत ठप्प रहेका थियो ।बन्दको आवह्वान गर्दै नेपाल कम्युनिष्ट पार्टी रोल्पाले सोमबार वेलुका जिल्ला सदरमुकाम लिवाङ,त्रिवेणी गाउँपालिकाको जुगार र थवाङमा मसाल जुलुस समेत गरेको थियो ।

88 total views, 1 views today