रोल्पाकाे कारागारमा रहेका थुनुवा कैदी महिलाहरुलाई स्यानेटरी प्याड हस्तान्तरण

मालश्री अन्लाइन, १ मंसिर । जिल्ला प्रहरी कार्यालय रोल्पाले समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रोल्पा कारागारमा रहेका थुनुवा कैदी महिलाहरुलाई स्यानेटरी प्याड हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यलय रोल्पाका कार्यलय प्रमुख नरेशराज सुवेदीको सक्रियतामा जिल्ला प्रहरी कार्यलय रोल्पामा कार्यरत महिला प्रहरीहरुले वुधबार आज प्याड हस्तानतरण गर्नु भएको होे । रोल्पा कारागारको प्रागनमा ४० थान पुन प्रयोग गर्न सकिने स्यानेटरी प्याड र ३१५ पुन थान प्रयोग गरेर फाल्न मिल्ने स्यानटरी प्याड गरि ३५५ थान स्यानेटरी प्याड कारागारका कैदी महिलाहरुलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यलय रोल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनु भयो । कैदी महिलाहरुलाई महिनावारी भएका बेला सेनेटेरी प्याडको आवश्यता पर्ने भएकोले हस्तान्तरण गरिएको केसीले बताउनु भयो । रोल्पा कारागारमा ७ जना कैदी महिला रहेको समेत उहाले बताउनु भयो ।

 

 

लिवाङ सामुदायिक सिकाई केन्द्र रोल्पा नगरपालिका २ रोल्पाको सहयोगमा उक्त प्याड वितरण गरिएको लिवाङ सामुदायिक सिकाई केन्द्रकी परिचालिका सरस्वती रिजालले बताउनु भयो । सिकाई केन्द्रले स्यानेटरी प्याड उत्पादन गर्दै आएको समेत रिजालले जानकारी दिनु भयो ।

260 total views, 2 views today