नेपाल शिक्षक महासंघ परिवर्तन गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न ।

मालश्री अनलाइन मंसिर २ गते । नेपाल शिक्षक महासंघ परिवर्तन गाउँपालिकाको दोस्रो अधिवेशन पुतलाचौर रोल्पामा सम्पन्न भएको छ । अधिकार र कर्तव्यका लागि शिक्षक एकता“भन्ने मुलनाराका साथ दोस्रो अधिबेशन सम्पन्न भएको हो । नेपाल शिक्षक महासंघ परिवर्तन गाउँपालिका अध्यक्ष मनप्रसाद पुनमगरको अध्यक्षताबाट भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल शिक्षक महासंघ रोल्पा जिल्ला अध्यक्ष भिम प्रकाश पुनमगर रहनु भएको थियो भने विशिष्ट अतिथिमा परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी रहनु भएको थियो ।

अन्य अतिथिमा परिवर्तन गाउँपालिका सामाजिक विकास संयोजक हरि प्रसाद बुढामगर,परिवर्तन गाउँपालिका प्रशासकीय अधिकृत डिल्ली खड्का,परिवर्तन गाउँपालिका शिक्षा शाखा अधिकृत चित्रा बस्नेत,नेपाल शिक्षक महासंघ रोल्पा जिल्लाका संस्थापक सहसचिव सुर्य प्रकाश डाँगी,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगर,नेपाली कांग्रेस पार्टी परिवर्तन गाउँपालिका सभापति खडक घर्तीमगर,नेकपा एमाले परिवर्तन गाउँपालिका अध्यक्ष लोकेन्द्र घर्तीमगर,नेकपा परिवर्तन गाउँपालिका अभियान अध्यक्ष पृथ्वीविक्रम डाँगी,नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँपालिका अध्यक्ष मनप्रसाद घर्तीमगर,नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य जय बहादुर घर्तीमगर,नेकपा विषेश कमिटी सदस्य खिम प्रसाद घर्तीमगर,अखिल नेपाल शिक्षक संगठन केन्द्रिय सदस्य विरबल वली,परिवर्तन गाउँपालिका गाउँ शिक्षा समिति सदस्य गोपाल बहादुर केसी,एकिकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा जिल्लाका सदस्य चक्रबहादुर बुढामगर,एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा जिल्लाका सदस्य रणबहादुर रसाइली,एकीकृत अखिल नेपाल शिक्षक संगठन परिवर्तन गाउँपालिका अध्यक्ष तिलक घर्तीमगर,नेपाल शिक्षक संघ परिवर्तन गाउँपालिका अध्यक्ष मीन बहादुर डाँगी र अखिल नेपाल शिक्षक संगठन परिवर्तन गाउँपालिका अध्यक्ष नरेश कुमार वली लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने प्रमुख अतिथि,विशिष्ट अतिथि र अन्य सबै अतिथिहरुले राजनीतिक देखि टाढा भएर शिक्षा पेशालाई अगाडि बढाउनुपर्ने र शिक्षामा राजनीतिक गर्नु दुःखद पक्ष भएको बताउदै,कुनै पनि राजनीतिको पक्ष लियो भने शिक्षा क्षेत्रमा विकास हुन नसक्ने बोल्ने वक्ताहरुको भनाइ रहेको थियो । नेपाल शिक्षक महासंघको लामो इतिहास भएको र आफ्नो पेशाप्रती जिम्मेवार कर्तव्य पुरा गर्नु पर्ने बताएका थिए । साथै नयाँ आउने पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नेपाल शिक्षक महासंघ परिवर्तन गाउँपालिका सह–अध्यक्ष धनबहादुर डाँगीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन नेपाल शिक्षक महासंघ परिवर्तन गाउँपालिका सचीव कुमार आलेमगरले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल शिक्षक महासंघ रोल्पा जिल्ला अध्यक्ष भिम प्रकाश पुनमगरले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै,नेपाल शिक्षक महासंघ सबैको साझा थलो भएको बताउनुभयो । महासंघ शिक्षक शिक्षिकाहरुको हक अधिकारको लागि लड्ने संस्था भएको बताउदै सबै शिक्षकहरु एकताबद्ध हुने ठाउँ भएको उल्लेख गर्नु भएको बताउनुभयो । उहाँले रोल्पाका स्थानीयतहमा कोहीमा पाखा कोहीलाई काखा भएको र त्यसलाई तत्काल कार्यान्वयनमा लैजानु पर्ने यदि स्थानीय सरकारले त्यस तर्फ ध्यान नदिएमा आफूहरुको आन्दोलनको रुप रेखा बदलिएर अगाडि बढ्नुपर्ने बताए । साथै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जसमा अध्यक्षमा मन प्रसाद पुनमगर, सहअध्यक्षमा नरेश कुमार खड्का, उपाध्यक्ष महिलामा लोककुमारी दहाल वली,उपाध्यक्षमा खोम बहादुर डाँगी,सचीवमा कुमार विक्रम आले,सहसचिवमा चन्द्र विक्रम खड्का, सहसचिव महिलामा चम्पा वली र अर्थ सहसचिव रामकुमार डाँगी लगाएत अन्य १४ सदस्यीय गरि २३ नयाँ कार्यसमिति नेपाल शिक्षक महासंघ परिवर्तन गाउँपालिका सर्वसम्मत चयन भएको बताइएको छ ।

307 total views, 3 views today