आशा परियोजनाको जिल्ला स्तरीय समिक्षा गोष्ठी लिबाङमा सम्पन्न

मालश्री अनलाइन मंसिर २ गते । पहाडी साना किसानका लागि अनुकूलन आयोजना जिल्ला आयोजन समन्वय इकाई जिल्ला स्तरीय समिक्षा गोष्ठी बिहिबार लिबाङमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिको रोल्पाको जिल्ला समन्वय अधिकारी विक्रम प्रसाद पाण्डे जिल्ला प्रशासन कार्यालय रोल्पाको निमित्त प्रमुख जिल्ला अधिकारी सुचिता राई लगायत जिल्ला स्थित संघ र प्रदेश सरकार अन्तर्गतका सरकारी कार्यालयहरुको प्रमुख तथा प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, जनुकीरी सञ्चार साप्ताहिकका सम्पादक एवं प्रकाशक कविता उपाध्याय, रेडियो मालश्रीका प्रतिनिधि राजेश नेपाली, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक प्रतिनिधि खुम बहादुर सुनार लगायत सरोकारवाला निकायहरुको आतिथ्यतामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।

 

कार्यक्रममा पहाडी साना किसानका लागि अनुकूल आयोजना जिल्ला समन्वय इकाई रोल्पाका कार्यालय प्रमुख विनोद ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो । आयोजना जिल्लाको ३० वटा वडाहरुका सञ्चालन भइरहेको थियो भने एक वर्षका लागि आयोजना थप भएको छ । आयोजनाले जलवायु परिवर्तनमा प्रभावित महिला, दलित, अति विपन्न परिवारहरुलाई व्यवायीकरणमा सहयोग पु¥याउँदै आएको छ । आयोजनाबाट तरकारी खेती, बाख्रा व्यवसायी, सिंचाई लगायतका जलवायुसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सहभागीहरुले जिल्लाको ७२ वटा वडाहरुमा आयोजना आगामी पाँच वर्षसम्म सञ्चालन हुनुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो । जलवायु परिवर्तको कारण प्रभावित महिला, दलित लगायतका अति विपन्न परिवारहरुलाई तरकारी तथा पशु पालन व्यवसायीकरणमा सहयोग पु¥याएको भन्दै सहभागीहरुले आयोजनाको भुमिलाई प्रशंसा समेत गर्नुभएको थियो । जिल्लामा आयोजना सञ्चालनका लागि विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय सहकार्य सञ्चालन गरेको खण्डमा आयोजनाको उद्वेश्यहरू प्राप्त हुने विश्वास सहभागीहरुको धारणा व्यक्त गर्नुभयो । जिल्लामा विभिन्न ठाउँमा विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्थामा नदोहोरिने गरी आयोजना सञ्चालन गर्दा प्रभावकारी हुने उहाँहरुले सुझाव आयोजनकलाई दिनुभयो । कार्यक्रम जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आयोजनाका सामाजिक परिचालन अधिकृत रविन राईले गर्नुभएको थियो ।

165 total views, 3 views today