रोल्पाका युवा व्यवसायी डाँगी बने जिल्लाकै उत्कृष्ट करदाता,छैटौं पटक सम्मानित

 

मालश्री अनलाइन मंसिर २ गते ।  रोल्पाका एक युवा व्यवसायी लगातार छैटौं पटक जिल्लाकै उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । रोल्पा नगरपालिका वडा नं. ४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सवभन्दा वढी कर दाखिला गर्ने व्यवसायीको रुपमा करदाता सेवा कार्यालय प्यूठानवाट छैटौ पटक सम्मानित भएका हुन ।

करदाता सेवा कार्यालय प्यूठानले डाँगीलाई आर्थिक वर्ष २०७६÷०७७ मा रोल्पा जिल्लाकै सबैभन्दा वढी कर दाखिला गर्ने करदाताको रुपमा प्यूठानमा सम्मान गरेसंगै उनी लगातार छैटौ पटक सम्मानीत भएका हुन । रोल्पा नगरपालिका वडा नं.४ स्थित शुभम ट्रेडर्सका प्रोपाईटर डाँगीले हार्डवयरका साथै निर्माण व्यवसायको समेत काम गर्दछन । प्रोपाईटर डाँगी आर्थिक वर्ष २०७१÷०७२ देखी लगातार जिल्लाकै सवभन्दा बढी करदाखिला गर्ने व्यवसायीको रुपमा सम्मानित हुुँदै आएका छन् । राज्यलाई जिल्लावाटै सवभन्दा वढी कर तिरेर सम्मानित भएकोमा आफूलाई गर्व लागेको युवा व्यवसायी डाँगीले प्रतिकृया दिए । “राज्यलाई कर तिर्नु हरेक व्यवसायीले दायित्व भएपनि सवभन्दा वढी कर तिर्ने करदाताको रुपमा सम्मानीत आफुको लागि खुसीको कुरा भएको डागीँले बताउनु भयो ।

 

283 total views, 3 views today