नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत रोल्पा जिल्लाको प्रदेश ‘क’ र प्रदेश ‘ख’ को उमेद्धारी दर्ता

मालश्री अनलाइन मंसिर ४ गते । नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तर्गत रोल्पा जिल्लाको प्रदेश अधिवेशनमा प्रदेश ‘क’ बाट सभापति पदको लागि सिम बहादुर विष्ट र दुर्गा बहादुर खड्काको उमेद्धारी दर्ता भएको छ भने प्रदेश ‘ख’ बाट गोपाल घर्ति र दिलमान बुढाथोकीको उमेद्धारी दर्ता भएको नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिं पुनले जानकारी दिनु भयो । भोली आइतबार ८ बजेदेखि प्रदेश ‘क’ को सुलिचौर र प्रदेश ‘ख’ को घर्ति गाउमा मतदान हुने सभापति पुनले बताउनु भयो । साथै क्षेत्रीय प्रतिनिधि साथीहरुमा सबैले आफ्नो मतको सहि सदुपयोग गरि मतदान गर्नु हुन समेत पुनले अनुरोध गर्नु भएको छ । यसैगरि मंसिरको ६ गते जिल्लाको उद्घाटन कार्यक्रम, उमेद्धारी दर्ता र ७ गते विहान ८ बजे देखि मतदान हुने नेपाली काँग्रेस रोल्पाले जानकारी दिएको छ ।

218 total views, 2 views today