नेकपा माओवादी केन्द्र रोल्पाको वडा सम्मेलन सम्पन

मालश्री अनलाइन मंसिर ४ गते । नेकपा माओवादी केन्द्र रोल्पाको वडा सम्मेलन सम्पन भएको छ । देशैैभर वडा सम्मेलन गर्ने तालिका अनुसार रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका बाहेक जिल्लाका ५५ वडाहरुमा सम्मेल सम्पन्न भएको नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र घर्तिले जानकारी दिनु भयो । रोल्पा नगरपलिका वडा नम्वर ४ को वडा सम्मेलनमा नेकपा माओबादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसैगरि सुनिस्मृती गाउपालिकाका वडा नम्वर ५ मिझिङमा नेकपा मायोवादी केन्द्रका केन्द्रिय सस्दस्य जयपुरी घर्तिले सहभागी हुनु भएको थियो भने रोल्पा नगरपालिका वडा नंम्वर ८ जंकोटमा लुम्विनि प्रदेश सांसद दिपेन्द्र पुन सहभागीताका साथ सम्मेलन सम्पन्न भएको अध्यक्ष घर्तिले बताउनु भयो । सवै ठाउमा निविरोध ढंगले निर्बाचित भएको समेत घर्तिले बताउनु भयो । २ सय दखि ३ सय संगठित सदस्यहरु उत्साह जनक उपस्थीति रहेको उहाँले बताउनु भयो । परिवर्तनका गाउँपालिमा बस दृर्घटनाले गर्दा प्रभावित भएको हुदा सोही ठाउँको वडा सम्मेलन यही मंसीर १० र ११ गते सम्म्म संम्पन गर्ने नेकपा माओबादी केन्द्र रोल्पाले जनाएको छ ।

56 total views, 1 views today