आधारभुत पत्रकारिता तथा नेतृत्व विकाश तलिम आज दोस्रो दिनको सम्पन

मालश्री अनलाइन मंसिर ४ गते । आधारभुत पत्रकारिता तथा नेतृत्व विकाश तलिम आज शनिबार दोस्रो दिनको सम्पन भएको छ । सत्प्रयास समुहको आयोजनामा तालिम सम्पन्न भएको सत्यप्रयासका अभियान्ता कुल बहादुर डाँगीले जानकारी दिनु भयो । तलिमको सहजिकरण पत्रकार महाँसंघ रोल्पाका संस्थापक अध्यक्ष कासीराम डागी र पत्रकार महासंघका पुर्व उपाध्यक्ष हिरा बहादुर घर्तिले गर्नु भएको थियो । आधारभुत पत्रकारीता तथा नेतृत्व विकाश तलिममा रिपोटर्ङे ,अन्तरवार्ता,समाचारका गुणहरु,आमसंन्चारको बारेमा, प्रशिक्षण दिइएको थियो ।

 

तालिममा रोल्पा नगरपलिकाका अन्तर्गतका नेपाल मावि कोटगाउँ, बालउदय मावि माडीचौर, तारामावि बामरुक, होलिभिजन आवासिय मावि, तुल्सी आवासीय मावि, बाट छनौट भई आएका विद्यार्थीहरुको सहभागिता रहेको सत्प्रयास समुहका अभियान्ता डाँगीले बताउनु भयो । पत्रकारिता तालिमबाट भित्ते पत्रिका प्रकाशन गर्ने उदेश्यले तलिमको आयोजना गरिएको आयोजकले बताएको छ । नेतृत्व र क्षमता विकाश गर्ने लक्षका साथ तालिम प्रत्येक शनिबार विभिन्न स्कुलमा संन्चान गर्ने समेत बताइएको छ ।

 

87 total views, 1 views today