प्रहरी नायव उपरीक नरेशराज सुवेदीको अनुभव सुन्ने एवं विदाई कार्यक्रम सम्पन्न

मालश्री अनलाइन मंसिर ४ गते ।  जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक नरेशराज सुवेदीको अनुभव सुन्ने एवं विदाई कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि शिक्षा तथा स्वास्थ्य संसदीय समितिका सभापति, पुर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा, रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के।सी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख नरेशराज सुवेदी, नेकपा माओवादि केन्द्र रोल्पा जिल्ला समन्वय समितिका संयोजक सुरेन्द्र थापा घर्ती, नेकपा एमालेका प्रतिनिधि नेप बहादुर वली लगायतको आतिथ्यता थियो ।

प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले आफनो अनुभव प्रस्तुत गर्नुभएको थियो । उहाँ १४ महिनाभन्दा समय रोल्पामा जिल्ला प्रहरी कार्यालयको प्रमुख जिम्मेवारी रही महत्वपर्ण जिम्मेवारी निर्वाह गर्नुभएको हो । उहाँले भन्नुभयो, मेरो कार्य सम्पादनमा आत्म विश्वासका साथ गरेँ । जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार र समग्रमा जिल्लाबासीको साथ सहगोगबाट यो समय बितेको थाहा नै पाएनँ ।ू उहाँ रोल्पा जिल्लाबाट सरूवा भएर गृहमन्त्रालयमा जान लाग्नुभएको सत्प्रयास समूहका अभियान्ता काशिराम डाँगीले जानकारी दिनुभयो ।

उहाँले जिल्लाबासीहरूसँगको समन्वयमा द्धघ वटा बाल बिबाह रोको बताउनुभयो । २३ किलो भन्दा बढि अफिम बरामद गरेको जानकारी दिनुभयो । प्रहरीलाई सुचना नभएको अवस्थामा जिल्लामा वाल बिबाह हुन सक्ने उहाँको भनाई छ । सत्प्रयास समूह रोल्पाका अभियान्ता काशिराम डाँगीको अ‍ध्यक्षतामा सम्पन्न कार्यक्रमको अभियान्ता एवं नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरले गर्नुभएको थियो ।

 

152 total views, 1 views today