जलजला बहुमुखी क्याम्पस लिबाङमा वित्तीय सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मालश्री अनलाइन मंसिर ७ गते ।  नेपाल बैंक लिमिटेड लिबाङ शाखा रोल्पाद्वारा जलजल बहुमुखी क्याम्पस लिबाङ रोल्पामा वित्तीय सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अखथिति नेपाल बैकं लिमिटेड लुुम्बिनिप्रदेशका प्रमुख मेखनाथ भुसालले भन्नुभयो,‘बैंक खातामा थोरै–थोरै रकम वचत गर्नु भनेको बगैँचामा फूल रोप्नु हो । आफुसँग भएको रकम बैंक खातामा वचत गरेको अर्काे दिनदेखि बैंकको नियम अनुसार व्याजको व्यवस्था गरेको छ । थोरै रकम खातामा वचत र्गे बानीले निकट भविष्यमा विशेष प्रकृतिका शिक्षा (पाइलट, डाक्टर, इञ्जिनियर)हरू लगायत अन्य शिक्षा हासिलमा सहयोग पुग्ने उहाँले बताउनुभयो । त्यसैले म सबै विद्यार्थीहरुलाई बैंकमा खाता सञ्चालन गरी नियमित वतचका लागि अनुरोध गर्दछु ।’ सरकारी बैंक नेपाल बैंक लिमिटेड स्थापना भएको आज ८५ औँ वर्ष पूरा गरिसेको अवस्थामा नागरिकको विश्वास जित्न सफल भएको भन्दै उहाँले खुसी समेत व्यक्त गर्नुभयो । बैंकले परिवर्तित समयलाई आत्मसाथ गर्दै नयाँ–नयाँ प्रविधिहरू प्रयोग गर्दै प्रविधि मैत्री बैंक बन्दै गएको छ भने आगामी दिनमा पनि सोही अनुसार अगाडि बढ्ने उहाँले जोड दिनुभयो । विद्यार्थी जीवनमा वित्तीय पक्ष पनि महत्वपूर्ण भएकाले बैंकले शुभ ज्ञान वचत खाता सञ्चालनका लागि सम्पुर्ण विद्यार्थीहरलाई अनुरोध गर्नुभयो । विद्यार्थी जीवनमा थोरै–थोरै रकम बैंक खातामा वचत गर्ने निकट भविष्यमा आवश्यक वित्तीय व्यवस्थापनमा सहज हुने उहाँले जोड दिनुभयो ।

 

उहाँले भन्नुभयो,‘विद्यार्थीहरुलाई लक्षित गर्दै बैंकले शुभ ज्ञान वचत खाता निःशुल्क व्यवस्था गरेको छ । कुनै पनि तहमा अध्ययनरत विद्यार्थीले यो खाता सञ्चालनको व्यवस्था गरेको छ । खाता सञ्चालन पश्चात् निःशुल्क एटिम कार्ड, मोबाइल बंैकिङ सेवा, इन्टरनेट सेवा, डिम्याट खाता, १० दिनसम्म निःशुल्क भ्याइस प्याक, एक सय एम्बी दाता र १० वटा सन्देश निःशुल्क, १ जिबी दाता एक महिनासम्म निःशुल्क जस्ता सुविधानको व्यवस्था गरिउको छ । त्यसैले कुनै पनि तहमा अध्ययरत विद्यार्थीहरुलाई शुभ ज्ञान वचत खाता सञ्चालनका लागि म अनुरोध गर्दछु ।’ बैंकले विशेष प्रकृतिका शिक्षा डाक्टर, इन्जिनियर, पाइलट लगायतका शिक्षाहरू अध्ययनका लागि शैक्षिक कर्जाको व्यवस्था गरेको हुँदा सोही अनुसार विद्यार्थीलाई अध्ययनका लागि सुझाव उहाँले दिनुभयो । त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवं जलजला बहुमुखी क्याम्पस रोल्पाका निमित्त क्याम्पस प्रमुख भिम बहादुर बुढामगरले क्याम्पसका विद्यार्थीहरुलाई वित्तीय सम्बन्धि ज्ञान अभिवृद्धिमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै नेपाल बैंक लिमिटेड लिबाङ शाखा रोल्पालाई धन्यवाद व्यक्त गर्नुभयो । वित्तीय सम्बन्धित अन्तरक्रियाले क्याम्पसका विद्यार्थीहरुलाई वित्तीय ज्ञान अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । आफ्नो दैनिक खर्च कटाएर पनि नियमित रुपमा थोरै–थोरै रकम बैंक खातामा वचत गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । थोरै–थोरै रकम बैंक खातामा वचतको बानीले निकट भविष्यमा विशेष प्रकृतिका शिक्षा लगायत अन्य शिक्षा हासिल लगायत अन्य जोखिममा वित्तीय व्यवस्थामा सहयोग पुगने उहाँको भनाइ छ । बैंकले विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको शुभ ज्ञान वचत खाताको आफैमा विशेष महत्व भएकोले सबै विद्यार्थीहरुलाई समयमा खाता सञ्चालनका लागि उहाँले अनुरोध गर्नुभयो ।

 

 

आगामी दिनमा पनि क्याम्पसमा वित्तीय सम्बन्धि विद्यार्थीहरुलाई अभिमुखकरणका लागि बैंकका लिबाङ शाखा परिवारलाई अनुरोध गर्नुभयो । त्यसैगरी नेपाल बैंक लिमिटेट लिबाङ शाखा रोल्पाका प्रबन्धक कुश अधिकारीले विद्यार्थीहरुलाई लक्षित शुभ वचत खाता सञ्चालनलाई प्रभावकारी कार्यन्वयनका लागि क्याम्पस लगायत अन्य विद्यालयहरुमा पनि वित्तीय सम्बन्धि अन्तरक्रिया कार्यक्रम तय गरेको बताउनुभयो । कोरोना भाइरसको क्रममा धेरै विद्यार्थीहरुले अनलाइन कक्षामा धेरै समस्याहरू भोग्नुपर्ने बाध्यत्मक अवस्था सिर्जना भएको थियो भने यस खाता सञ्चालनबाट ति समस्याहरू अन्त्य हुने समेत विश्वास व्यक्त गर्नुभयो । उहाँले यो खाता सञ्चालनका लागि विद्यार्थीको अनिवार्य परिचय पत्र, नागरिकताको फोटो कपि, नागरिकता नभएको अवस्थामा संरक्षकको नागरिकताको फोटो कपिको आधारमा बैंकले खाता सञ्चालन गरिदिने उहाँले बताउनुभयो । शुभ वचत खाता सञ्चालनका लागि समयमा नै बैंकमा सम्पूर्ण विद्यार्थीहरुलाई सम्पर्कका लागि उहाँले अनुरोध गर्नुभयो । साथै कार्यक्रममा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका उप–सम्पादक रेशम बि.क, क्याम्पसका प्राध्यापक लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसमा विभिन्न सिमिस्टारमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता थियो । कार्यक्रमा क्याम्पसका विभिन्न सिमिस्टारमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई शुभ ज्ञान वचत खाता सञ्चालनका लागि फारम समेत वितरण गरिएको थियो । नेपाल बैंक लिमिटेड लिमिटेड लिबाङ शाखाका प्रबन्धक कुश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बालकृष्ण थापा मगरले गर्नुभएको थियो भने स्वागत ज्ञानेन्द्र कुमार गुप्ताले स्वागत गर्नुभएको थियो ।

92 total views, 1 views today