जलजला युवा क्लबको १५ औं वार्षिकोत्सब उद्घाटन समारोह सम्पन्न

मालश्री अनलाइन मंसिर ८ गते । राष्ट्रका लागि विविधतामा एकता,स्वस्थ नागरिकका लागि खेलकुद आवश्यकता भन्ने मुलनाराका साथ जलजला युवा क्लब परिवर्तन गाउँपालिका ४ पाछाबाङ राक्सेबाङ रोल्पाको १५ औं वार्षिकोत्सब तथा सहिद मेमोरियल खेलकुद महोत्सव २०७८ को एक कार्यक्रमको बीच उद्घाटन भएको छ।क्लबका अध्यक्ष केआर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय प्रवक्ता तथा पूर्वसभामुख कृष्ण बहादुर महरा,विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीमगर रहनु भएको थियो।प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय प्रवक्ता तथा पूर्वसभामुख कृष्ण बहादुर महराले क्लबको ब्यानर उद्घाटन गर्दै, जनमुक्ति सेना दिवसका अवसरमा सेनाहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरुको अवस्था संघर्ष र बलिदानको देशभरी समिक्षा भएको बताउनुभयो।सेनाको ठुलो इतिहास र धेरै महत्त्वपूर्ण भूमिका रहेको बताए।अहिले नेपालको पार्टीहरु जटिल अवस्था भएको समेत बताउदै आफुहरु जटिल अवस्थाबाट अगाडि बढिरहेको बताए।साथै अहिलेको यो अवस्थामा विभिन्न पार्टीहरु आआफ्नो महाधिवेशनमा भएको र आफ्नो पार्टी पनि त्यसको समिक्षामा रहेको बताउनुभयो ।

 

महराले पार्टी नयाँ र रुपान्तरणको पक्षमा भएको बताउदै पार्टी हिजोको जस्तो नभएको र पार्टी अध्यक्ष प्रचण्ड र आफूले विभिन्न पार्टीका नेताहरुलाइ भेटर छलफल गरेको समेत बताए।आफूले नेत्रविक्रम चन्द,मोहन बैद्धे किरण,बाबुराम भट्टराई र मोहन विक्रम सिंह लगाएत संग हिजोका दिनमा संगै भएको बताउनुभयो।

 

 

हिजो कारण बस आफूहरु अलग भएको र अब माओवादी ध्रुवकृत परिवर्तन चाहने शक्तिहरु क्रान्ति चाहने शकति एक जुट हुने सहमति भएको समेत बताए।आफ्नो पार्टीमा शुद्धीकरण भएको र अन्य पार्टी फुत्दै गएको पार्टीसंँग एकता सम्भ नभए संयुक्त पार्टीसँग मिलेर अगाडि बढ्ने उद्घोष गर्नुभयो।क्रान्ति नसिद्धिएको र क्रान्ति गर्ने एउटै बाटो भएको र क्रान्ति तेरो मेरो हुने परिवर्तन सम्भ भएको बताउदै नयाँ नयाँ बाटो खोज्नु जरुरी रहेको बताउदै कहिले दायाँबायाँ अगाडि पछाडि क्रान्तिको बाटो बढाउनुपर्ने बताए।

 

 

क्रान्ति प्रमप्रागत सैलिबाट असम्भव भएको र क्रान्तिमा परिवर्तन ल्याउनुपर्ने बताउदै क्रान्ति गर्न व्यवस्थित नियम रहेर गर्नुपर्ने बताए।सरकारमा प्रतिक्रियासँग डिमोक्रेसी हुने र सरकार बने पनि गतिशील हुन नसकेको बताए।जनताको समस्या तमाम र राष्ट्रिय समस्या तमाम भएको बताउदै नेपाल स्वआफ्नो इच्छाले नचली विदेशी हस्तक्षपबाट अगाडि बढी रहेको बताए।राष्ट्रिय स्वाधीनता खतरामा रहेकोले अझ धेरै संघर्ष गर्नुपर्ने समय आएको बताउनुभयो।विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीमगरले आज धेरै जनताको लामो संघर्षले गर्दा संघीय गणतन्त्रको स्थापना भएको बताउनुभयो।घर्तीले देशमा आज आमोल परिवर्तनको बाटोमा अगाडि बढेको उल्लेख गर्दै देशले पाँच बर्षसम्म निकास नपाउनु अर्को दुस्खद पक्ष भएको बताए।अहिले देशको न्यायालयको अवस्था देखेर जनताहरु चिन्ताजनक भएको र न्यायालय नचल्नु जनताको मुद्दामा बहस नहुनु दुस्खद र देशको कहालीलाग्दो अवस्था भएको बताउदै न्यायाधीसहरुले प्रधान न्यायाधीसको राजीनामा मागेर देशलाई दुर्गतिमा पुगिरहेको जिकिर गर्नुभयो।अहिले देशमा आफूहरुले सोचेको जस्तो परिवर्तन गर्न नसकेको बताए।

 

जलजला युवा क्लबका सचिव ओम प्रसाद बुढामगरको स्वागत मन्तव्यमा सुरुभएको कार्यक्रममा अतिथिहरुमा नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती,नेकपा माओवादी तथा लुम्बिनी प्रदेशका सदस्य एवं परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी,नेकपा जिल्ला सदस्य तथा परिवर्तन गाउँपालिका अध्यक्ष पृथ्वी विक्रम डाँगी,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर,वाइसीएल दाङ जिल्ला सचिवालय सदस्य हिमाल रसाइली,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचिव हरि प्रसाद बुढामगर,नेपाल रेडक्रस सोसाइटी बागमाराका उपसभापति प्रवेश प्रसाद बुढा,पूर्व जनमुक्ति सेना देव बहादुर बुढा,परिवर्तन गाउँपालिका ४ का वडा अध्यक्ष दल बहादुर बुढा,परिवर्तन गाउँपालिका कार्यपालिका सदस्य कल्पना विष्ट,नेकपा विशेष कमिटी सदस्य खिम प्रसाद घर्ती र परिवर्तन गाउँ विशेष कमिटी सदस्य चित्र बहादुर बुढा लगाएतको आतिथ्यता रहेको थियो।कार्यक्रमको सञ्चालन जलजला युवा क्लबका सदस्य कमल विवश बुढामगरले गर्नु भएको थियो।वार्षिकोत्सब १० गतेसम्म आयोजना गरिएको छ।

539 total views, 20 views today