पार्टी पुनर्गठन दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

मालश्री अन्लाइन, ९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ८ औं पुनर्गठन दिवस विभिन्न कार्यक्रमको आयोजना गरि देश भर हर्ष उल्लास तरिकाले मनाई रहेको बेला वडा स्तरीय संगठन समिति सुनछहरी गाउँपालिका ६ नम्बर वडा फगाम रोल्पाले विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सप्पन्न गरेको छ। उक्त कार्यक्रम सोही वडामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगाममा सम्पन्न गरेको हो।प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए। प्रतिस्पर्धाको मैदानबाट समीर पुनमगरको समुह प्रथम मिना घर्तीमगरको समुह दृतिय निशान्त घर्तीमगरको समुह तृतीय र सन्दीप झाकृमगरको समुह सान्त्वना स्थान हासिल गरेका छन्।विभिन्न स्थान हासिल गर्ने प्रतियोगी विद्यार्थीहरुलाई अबिर लगाएर पुरस्कार वितरण गर्दै आयोजकले बधाई समेत दिएको छ।कार्यक्रमको शुभकामना मन्तव्य बोल्दै कम्युनिस्ट पार्टीका नेता शिखरले गत बर्ष पाटी पुनगठन मनाईरहदा राज्यले प्रतिबन्ध गरेको कारण पार्टी नेता कार्यकर्तालाई घरघरमा छापमार गिरफ्तार र जेल हाल्ने गरेको स्मरण गराउदै यस बर्ष राज्यको सबै भ्रमलाई निस्तेज पार्दै पार्टीले खुल्ला आकाशमा हर्ष उल्लासमय तरिकाले विभिन्न कार्यक्रम गर्दै पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाज बादको औचित्य, थप सान्दर्भिक अर्थपुर्ण र अपरिहार्य प्रमाणित हुदै गएको जिकिर गर्नुभएको छ ।हाल पार्टीले संसदिय ब्यवस्थाको विकल्पमा बैज्ञानिक समाजको लागी जनमत संग्रह गर्ने कर्यनिती लिएको कुरा उल्लेख गर्नु भएको छ। हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको सहजीकरण शिक्षक युवराज दर्पण गर्नुभएको थियो।पार्टीको वडा संगठनका समिति इन्चार्ज बलपको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन आयोजकका बङ्गालले गर्नुभएको थियो।।
कोरोनाको लामो विदा पछि विद्यार्थीको सिकाइ उपलब्धि मापन र बौद्धिक परिक्षण गर्न यस्तो प्रकारको कार्यक्रमको आयोजना गर्ने नेपाल कम्युनिस्ट पार्टी वडा संगठन समितिलाई विद्यालय परिवारले धन्यवाद दिएको छ।

138 total views, 3 views today