एकिकृत समाजबादी रोल्पा नगर कमिट वडा नं. ६ को भेला तथा पहिलो वैठक सम्पन्न

मालश्री अनलाइन, १८ मंसिर ।  नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी रोल्पा नगर कमिट वडा नंम्वर ६ को भेला तथा पहिलो वैठक सम्पन्न भएको छ । एकिकृत समाजबादी रोल्पाका जिल्ला कमिटी सदस्य थमन खत्रीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हरि प्रसाद घर्ति मगर रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा पार्टी प्रवक्ता तथा अनेरास्ववियूका स्थाई कमिटि सदस्य किरण वुढा मगर, एकिकृत समाजवादी नगर कमिटीका अध्यक्ष गोरख महरा, अन्य अतिथिमा युवा संघ नेपालका जिल्ला अध्यक्ष धनराज डागी, युवा संघका सचिव प्रसान्त वुढा मगर रहनु भएको थियो । यहि २२ गते देखि हुन लागेको कार्यक्रता भेलामा उपस्थीति हुन सम्पुर्ण कार्यक्रताहरुलाई जिल्ला अध्यक्ष हरि प्रसाद घर्तिले आग्रह गर्नु भएको थियो । साथै पाटीलाई अगाडी बढाउनको लागी सवैले साथ र सहयोगक गर्न समेत अनुरोध गर्नु भयो । कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कमिट सदस्य मनविर खड्काले दिनु भएको थियो भने कार्यक्रमको संन्चालन अनेरास्ववियूुका जिल्ला अध्यक्ष तथा वडा नम्वर ६ का पाटी इन्चार्ज प्रताप घर्ति मगरले गर्नु भएको आयोजकले जानकारी दिएको छ । साथै भेलाले टिक बहादुर खत्रीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको एकिकृत समाजवादी रोल्पाले जानकारी दिएको छ । ।

79 total views, 2 views today