रोल्पा जिल्लामा निर्माण भइरहेको मोटरेबल पुलको काम तिव्रगतिमा सञ्चालन

मालश्री अनलाइन, १९ मंसिर । जिल्लाका विभिन्न ठाँउमा सञ्चालन भइरहेको मोटरेबल पुलहरुको काम तिव्रगतीमा सञ्चालन भइरहेको छ । रोल्पा जिल्लाको १०वटै स्थानीय तहमा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालय र सडक पूर्वाधार विकास कार्यालय रोल्पाको आयोजनामा संन्चालन भईरहेका छन् । जिल्लाको परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा माडीचौर खोला मोटरेबल पुलको निर्माण कार्य अगाडि बढिरहेको परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले जानकारी दिनुभयो। आउदो असार मसान्तसम्म सकाउने गरि काम अगाडि बढाइरहेको डाँगीको भनाइ रहेको छ। लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयले २०७७ सालमा जिल्लाका विभिन्न ठाउमा ८ वटा पुल निर्माणको काम भएता पनि २वटा निर्माण भएर पनि उद्घाटन भइसकेको बताइएको छ भने ६ वटा निर्मानाधिन अवस्थामा रहेका छन् ।२०७८सालमा ५वटा र संघीय सरकारको १ वटा गरि जम्मा ६ वटा मोटरेबल पुल परेको थियो । अब निर्माण काम अगाडि बढ्ने अवस्थामा रहेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाले जानकारी दिएको छ ।

 

 

 

अब रोल्पामा १२ वटा मोटरेबल पुल निर्माण हुने बताइएको छ । लुङग्री खोला र जिबो खोला पुल टुटुुमिरुलको लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नु भएको थियो । कार्यान्वयनमा भएकाहरु मध्ये धाङ्सी खोलाको पुल, माडीचौर खोलाको पुल,घोडाचौर पुल र उवाँ खोला पुल रहेका छन्। यो बर्ष कार्यान्वयनमा आउने पुलहरु पाछाबाङ खोला,बाजाबाङ,जुतुङ खोला,माडी खोला टार्केबाङ पुल,लोटचौर खोला र पैसी खोला पुल रहेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दिपक डाँगीले जानकारी दिनुभएको छ । अहिले उवाँ खोला पुलले आफूहरूलाई अप्ठ्यारो परेको बताउदै सुनछहरी गाउँपालिकाको फुलीवनमा पहिरो गएकाले बाटो नभएको र गत साल जति काम भएको छ त्यतिनै काम मात्रै भएकोे र एक हप्ता भित्र उक्त पुलको काम अगाडि बढाउने बताउनु भयो ।साथै पुल निर्माण हुने ठाउँ अती दुर्गम भएकोले नयाँ प्रविधि लान समेत मुस्किल भएको बताउदै अन्य कार्यान्वयन भइरहेको पुलहरु तोकिएका समय अवधिमै सकिने सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख डाँगीको भनाइ रहेको छ।

 

 

फिल्ड भिजिटिङ र ठेक्दारसँग छलफल गरि टेन्डरीङ प्रक्रियामा गइसकेको र केही जादै गरेको लुम्विनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीले प्रतिक्रिया दिनु भयो ।भौतिक पूर्वाधार विकासको कति छ प्रगति त्यसलाई मध्यनजर गर्दै नितिगत हिसाबले पनि छिट्टै काम सम्पन्न होस् भन्ने पक्षमा आफू रहेको मुख्य मन्त्री केसीले बाताउनु भएको हाम्रा सहकर्मी सुर्य प्रकाश वुढाले जानकारी दिनु भएको छ ।

 

2,406 total views, 4 views today