बालअधिकार समिति र सरोकारवालालाई गुणसो सुनुवाई संयन्त्र सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम घोडागाँउमा

मालश्री अनलाइन, १९ मंसिर । मानव अधिकार सचेतन केन्द्र (हुरेकं) नेपाल रोल्पाको आयोजना र सुनिलस्मृति गाउँपालिका १ नं. वडा घोडागाउँ रोल्पाको समन्वयमा वडा स्तरीय बालअधिकार समिति र सरोकारवालालाई गुणसो सुनुवाई संयन्त्र सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आइतबार घोडागाँउमा सम्पन्न भएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा वडा बालअधिकार समितिले बालबालिका र बालश्रमको गुणासोलाई सुनुवाई कसरी सम्बोधन गर्ने , गुणसो सुनुवाई संयन्त्र भए के फइदा हुन्छ, अहिले गुणसो सुनुवाई संयन्त्रको अवस्था कस्तो रहेको छ , गुणासो संयन्त्रलाई प्रभावकारी गराउन के के गर्न सकिन्छ, बालश्रमको विषय सवालमा वडा स्तरीय बाल अधिकार समितिको काम कतव्य र अधिकारक लगाएतको विषयमा छलफल गरिएको थियो ।

 

 

अभिमुखिकरण कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा नं. १ का वडा सचिव ऋषिकेश के.सी,ले गाउँपालिकामा गुणसो सुनुवाई संयन्त्रको कार्यविधि तथा निर्देशिका नबन्दा सम्म वडा स्तरीय बालअधिकार समितिले निर्णय गरि काम गर्ने बताउदै गुणसो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाउन सके बालबालिका र बालश्रमको गुणसोहरु समाधान गर्न सहज हुने बताउनु भयो । त्यस्तै सुनिलस्मृति गाउँपालिका गाउँकार्य पालिका सदस्य तुल्सी सुनारले बालबालिकाहरुको मुद्दा तथा गुणसोहरु पालिकामा केहि मात्रमा आए पनि प्रयाप्त मात्र आउन नसकेकाले बालबालिकाहरुको सवाललाई मुख्य विषय ठान्नु पर्ने बताउनु भयो । त्यस्तै सनिलस्मृति गाउँपालिका १ नं. वडा अध्यक्ष केशवलाल कवरले बालअधिकार समितिको नियमित बैठ्रक बस्न नसक्दा बालबालिकाहरुको गुणसो वडा तहमा नआएको बताउदै पालिकमा गुणासो सुनुवाई संयन्त्र सम्बन्धि कार्यविधि वा निर्देशिका बनाएमा वडामा गुणासो सुनुवाई संयन्त्रलाई थप प्रभावकारी गर्न सकिने बताउनु भयो । कार्यक्रमा वडा बालअधिकार समिति विद्यालय, सामुदायी संघ संस्था लागाएत सरोकारवालहरु गरि २६ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्ष सुनिलस्मृति गाउँपालिका १ नं. वडा अध्यक्ष केशवलाल कवरको अध्यक्षतामा गरिएको थियो ।

 

106 total views, 3 views today