नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले देउसी भैलो रकमबाट शैक्षिक भ्रमण सम्पन्न

मालश्री अनलाइन, १९ मंसिर ।  नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ६ नम्बर वडा फागाम रोल्पाले २०७८ साल शुभ तिहारको अवसरमा आयोजित देउसी भैलो कार्यक्रमबाट संङ्कलित रकम शैक्षिक भ्रमण आयोजना गरि सम्पन्न गरेको छ । देउसी भैलो कार्यक्रमबाट झन्डै २ लाख ५० हजार आर्थिक संकलन भएको थियो। विद्यालय बार्षिक कार्यतालिका अनुसार मंसिर १३ गत्ते देखी १८ गत्ते सम्म एक हप्ताको भ्रमण कार्यक्रममा कक्षा ९ ,१० र कक्षा ८ का केहि विद्यार्थीहरुको सहभागिता रहेको थियो। वाल वालिकाहरु स्वभाविक रूपमा परिवर्तनको अपेक्षा गरिरहेका हुन्छन्। कुनै नयाँ स्थानमा भ्रमण गएर नयाँ अनुभव संगाल्ने ती अनुभवहरु साथी भाइसङ्ग र परिवारका सदस्यहरु सङ्ग बताउने रुचि राख्छन् ।

 

 

भ्रमणबाट सिकेका कुराहरू आफ्नो हैसियत अनुसार ब्यवहारिक रूपमा लागू गर्न सक्षम पनि हुन्छन्। यतिबेला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका फगामका विद्यार्थीहरु पनि यस पालीको भ्रमण एउटा सुनौलो अवसर भएको विद्यार्थीहरु भनाइ छ। बर्षेनि किताब पाना पानामा रहेका सैद्धान्तिक कुरामात्र पढेर अध्ययन पुर्ण नहुने ब्यबहारिक कुरा प्रत्यक्ष अध्ययन अवलोकन गर्दा रमाइलो तरिकाले सिक्ने र स्मरण गर्न सकिने कक्षा १० मा अध्ययनरत विद्यार्थी समीर पुनमगरले बताउनु भयो। कक्षा ९ मा अध्ययनरत अर्का विद्यार्थी सीता झाकृ मगरका अनुसार भ्रमणमा सहभागी एक दुई जना विद्यार्थी बाहेक अन्य कोही पनि स्थानीय बजार सुलिचौर भन्दा अन्त कतै नगएको यसपालि काठमाडौ पोखरा बुटवल लुम्बिनी जस्ता ठाउँमा घुम्न पाउदा आफू खुशी भएको बताउनु भएको छ।यो अवसरलाई आफुले महत्त्वपूर्ण सिकाईको रूपमा ग्रहण गरेको उहाँको भनाइ छ। काठमाडौ अवस्थित विश्व सम्पदामा सुचित भएका विभिन्न इतिहासिक धार्मिक पुरातात्त्विक स्थान अवलोकन गौतम बुद्ध जन्म स्थल लुम्बिनी,पोखरा विभिन्न स्थनको अवलोकन भ्रमण गरेको र नेपालको नमुना विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा अन्तरक्रिया कार्यक्रम समेत सप्पन्न गरेको विद्यालय प्रधानाध्यापक धन बहादुर पुन मगरले जानकारी दिनुभएको छ।

 

भ्रमण साच्चिकै सुरक्षीत, सफल,सिकाईमय फलदायी उर्जाशिल, शैक्षिक होस् मनोरञ्जन होस् भनी शिक्षकहरुलाई विभिन्न जिम्मेवारी समेत बिभाजन गरिएको शिक्षक देउमन रोका क्षेत्रीले उल्लेख गर्नुभएको छ। भ्रमणमा सन्दर्भमा आफुले प्राप्त गरेको अनुभव तथा अनुभुतीलाई सिकाइको रूपमा सङ्कल गरि त्यसको बारेमा आलेख तथा प्रतिबेदन तयारी गरि सोही अनुसार आवश्यक पाठ्यसामग्री रूपमा कक्षाकोठामा प्रस्तुत हुन शिक्षक र विद्यार्थीहरुलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमलाल पुनले अनुरोध गर्नुभएको छ।अध्यक्ष पुनले भ्रमण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै ब्यक्ति निकाय, भ्रमण अवधीमा विद्यार्थीलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने समाज सेवि जसमन झाकृमगर अन्तरक्रिया कार्यक्रमलाई समन्वय गरिदिने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य अमर झाक्रीलाई धन्यवाद ज्ञापनप गर्नु भएको छ। यसैगरी देउसी भैलोमा सहभागी भएर सहयोग गर्ने जनप्रतिनिधि राजनीति दलका प्रतिनिधि आर्थिक सहयोग गर्ने अभिभावकहरु साथ निकै अपरिहार्य रहेको उहाहरुको नामावली सामाजिक संजाल र फ्लेक्स पृन्त गरि विद्यालयमा अभिलेख राख्ने बताउनु भयो।

 

 

 

215 total views, 2 views today