कोरोना बिरुद्धको खोप कार्यक्रमको प्रगति र आगामी कार्यनिती सम्बन्धी अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन

मालश्री अनलाइन २१ पुस ।  कोभिड — १९ बिरुद्धको खोप कार्यक्रमको प्रगति र आगामी कार्यनिती सम्बन्धी अन्तरक्रिया कार्यक्रम सदरमुकाम लिबाङमा सम्पन भएको छ । जिल्ला कोभिड — १९ खोप समन्वय समिती रोल्पाको आयोजना र सुआहारा को सयाहयोगमा कार्यक्रम सम्पन भएको आयोजकले जानकारी दिएको छ । जिल्ला कोभिड — १९ खोप समन्वय समिती रोल्पाका संयोजक प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रालय लुम्बिनी प्रदेश स्वास्थ्य सचिब डाक्टर बिकास देवकोटाको र स्वास्थ्य निर्देशनालय बुटवलका निर्देशक डाक्टर बिनोद गिरीको बिशेष उपस्थिती रहेको थियो । रोल्पा जिल्लामा हाल सम्म कोरोना खोपको प्रभाबकारीता र अवस्थाको बारेमा स्वास्थ्य कार्यलय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेलले जानकारी गराउनु भएको थियो । जिल्लामा कोरोना भाइरस भित्रि सकेपछि पि.सि.आर प्रबिधि बाट कुल ३ हजार ८ सय ६१ जनाको कोरोना परिक्षण गरिएकोमा ९ सय ४१ जना पोजेटिभ भएको मध्य १५ जनाको मृत्यु भएको पाइएको छ । त्यस्तै ५ हजार ३ सय ८९ जनाको एन्टीजेन प्रबिधि बाट गरिएको परिक्षणमा १ हजारर ६ सय ६२ जनामा पोजेटिभ देखिएको १५ जनाको मृत्यु भएको तथ्याङक प्रस्तुत गर्नु भएको थियो । रोल्पा जिल्लामा १८ बर्ष भन्दा माथिको कुल जनसंख्याको ७९ प्रतिशत ब्यतिहरुलाई पहिलो दोज र ६४ प्रतिशत ब्यतिहरुलाई दुबै दोज खोप लगाइएको समेत पोख्रेलले बताउनु भएको थियो ।

रोल्पा जिल्लाका प्रतिशतको हिसाबले सबै भन्दा बढि खोप कार्यक्रम प्रभाबकारिता लुंग्री गाँउपालीकाको रहेको छ । एक डोज मात्र खोप लगाउनेको प्रतिशत १०४ रहेको छ दुबै डोज लगाउनेको प्रतिशत ६८ प्रतिशत रहेको छ । सबै भन्दा कम खोप लगाउने गाँउपालीकाको रुपमा थबाङ गाँउपालीका रहेको छ । एक डोज मात्र खोप लगाउनेको प्रतिशत ७१ रहेको छ दुबै डोज लगाउनेको प्रतिशत ५५ प्रतिशत रहेको छ । सुआहारा बाट पनि कोभिड न्युनिकरण गर्नको लागी जिल्ला राम्रो सहयोग भएको सुआहारा लाई स्वास्थ्य कार्यालय प्रमुख पोख्रेलले धन्याबाद समेत दिनु भएको थियो । सुआहारा बाट कोभिडको समयमा ढुवानी, एन्टीजेन लगाएत स्वास्थ्य सामाग्रीमा सपोट,जनशक्तिको सहयोग,स्वास्थ्य कर्मिलाई बिभिन्न प्रकारको तालिमको ब्यबस्था गरेर सहयोग गरेको समेत पाख्रेलले बताउनु भएको थियो । स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रालय लुम्बिनी प्रदेश स्वास्थ्य सचिब डाक्टर बिकास देवकोटाले प्रदेश सरकारले आ.ब. २०७८÷०७९ को लागी केहि नितिगत रुपमा तयार गरेका दस्ताबेजहरु प्रस्तुत गर्नु भएको थियो । प्रदेश जनस्वास्थ्य ऐन, कोभिड— १९ को समिक्षा र प्रतिकार्य योजना, प्रादेशिक स्वास्थ्य क्षेत्र रणनितीक कार्ययोजना , लगाएतको ११ वटा योजनाहरु समेत सार्बजनिक गर्नु भएका थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा स्वास्थ्य सचिब देवकोटाले आफ्नो प्रदेशको नागरीक लाई जस्तो सुकै स्वास्थ्य सेवा बाट बन्चित हुन नदिनको लागी लागि परिरहेको बताउनु भएको थियो । नेपालमै लुम्बिनि प्रदेशलाइ स्वास्थ्यको क्षेत्रमा अब्बल बनाइ सबै नागरिकलाई स्वस्थ राख्नको लागी प्रदेश अगाडी बढेको हुनाले यसमा सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत सबैलाई आग्रह समेत गर्न भएको थियो । खोप लगाउनु पर्ने केहि लक्षीत ब्यतिहरु अझै पनि छुटेको हुनाले उनिहरुलाइ पनि खोप लगाउन मा स्थानिय सरकार र सरोकारवाला पक्ष सबैे जिम्मेबार पुर्बक लाग्नु पर्नेमा उहाँको जोड रहेको थियो । कार्यक्रममा रोल्पा नगरपालीका मेयर पुर्ण केसि, रोल्पा अस्पताल रेउघाका प्रमुख डाक्टर सबु काफ्ले, सुआहारा लुम्बिनी प्रदेशका संयोजक भरत शर्मा ,नेपाल रेडक्रस रोल्पाका सभापति डिबी टुहुरो, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर , जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख प्रतिनिधीहरु, स्वास्थ्य शाखा सयोजक, बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधी,पत्रकार लगाएको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यलय रोल्पाका परिवार योजना शाखा प्रमुख कुमार थापाले गर्नु भएको छ ।

177 total views, 5 views today